भारतमा थपिए २० हजारभन्दा बढी  कोरोना सङ्क्रमित

-



     सफल आवाज    
     श्रावण १२ गते २०७९ मा प्रकाशित



नयाँदिल्ली, १२ साउन । पछिल्लो २४ घण्टामा भारतका विभिन्न भागमा २० हजारभन्दा बढी कोभिड–१९ सङ्क्रमित थपिएका त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

यसअघिका तीन दिन लगातार कोरोना सङ्क्रमितको सङ्ख्या २० हजारभन्दा कम रहेकोमा पछिल्लो २४ घण्टामा भने २० हजार नाघेको स्थानीय अधिकारीहरुले बताएका छन् । हालसम्म भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ करोड ३९ लाख ५९ हजार ३ सय २१ पुगेको छ भने १ लाख ४६ हजार ३ सय २३ सक्रिय सङ्क्रमित रहेका बताइएको छ ।

उक्त अवधिमा भारतभरमा १९ हजार २१६ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ४ करोड ३२ लाख ८६ हजार ७ सय ८७  पुगेको छ । यस्तै उक्त अवधिमा कोरोना सङ्क्रमणबाट ४४ जनाको मृत्यु भएको छ । यो आँकडासँगै कोरोनाबाट मृत्यु हुनेको ५ लाख २६ हजार २ सय ११ जना पुगेका बताइएको छ ।