बढ्दै कोरोना सङ्क्रमित, एकै दिन थपिए ७१० जना

-



     सफल आवाज    
     श्रावण १२ गते २०७९ मा प्रकाशित



काठमाडौं, १२ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ७ सय १० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उक्त अवधिमा  पीसीआर र एन्टिजेन गरी ५ हजार २५ जनाको नमूना परीक्षण गरिएकोमा ७१० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थपिएका ७ सय १० जनासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार २ सय ३६ जना पुगेको छ । यो अवधिमा २ सय १५ जना निको भएका छन् ।

यसबाहेक पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ जनाको मृत्यु भएको छ । यो आँकडासँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क छ । यो अवधिमा ५९ हजार ४ सय ७१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।