
काठमाडौं, १३ साउन । पछिल्लो २४ घण्टामा देशभर पाँच सय ७७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिमार्फत् ४ हजार ४ सय ८२ जनाको नमुना परीक्षण गर्दा ५ सय ७७ जनामा सङ्क्रमण पुष्टि भएको हो।
यो अवधिमा २ सय ६९ जना कोरोना सङ्क्रमित निको भएका मन्त्रालयको तथ्याङ्क छ । यो सङ्ख्या थपिएसँगै कोरोनाका सक्रिय संक्रमित ४ हजार ३ सय ५६ पुगेका छन् ।
यस्तै २४ घण्टाको अवधिमा २८ हजार २ सय ५६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




