
काठमाडौं, २० साउन । विभिन्न सात खेलाडीहरुलाई हाम्रो खेलकुद डट कमले ‘हाम्रो खेलकुद सर्वकालीन सम्मान’ प्रदान गरेको छ । हाम्रो खेलकुदले आफ्नो सातौँ वार्षिकोत्सवको अवसरमा आ आफ्नो समयमा महत्त्वपूर्ण योगदान गरेका सात खेलाडीलाई उक्त सम्मान प्रदान गरेको हो ।
सर्वकालीन सम्मान प्राप्त गर्नेहरुमा धावक जितबहादुर केसी, धावक बैकुण्ठ मानन्धर, फुटबलका राजुकाजी शाक्य, ओलम्पियन तेक्वान्दोकी संगीना वैद्य, तेक्वान्दोकै दीपक विष्ट, क्रिकेटका पूर्व कप्तान पारस खड्का र पौडीकी गौरिका सिंह रहेका छन् । उनीरुलाई बिहीबार ललितपुरको पाटनमा एक कार्यक्रमबीच सर्वकालीन सम्मान प्रदान गरिएको हो । सम्मानित सबैले २५ हजार रुपैयाँसँगै सम्मान पत्र प्राप्त गरेका छन् ।
सबै सम्मानितहरुलाई सांसद् गगन थापा, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्र राज श्रेष्ठ, चाइना ट्रेडलिंकका सीईओ राजन महर्जन, बेथानचोक गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रेम बहादुर तिमिल्सिना, श्यामकृष्ण हुमागाईँ, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सम्मान पत्र प्रदान गरेका हुन्।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




