इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर सिटीद्वारा वेस्टह्याम पराजित 

-



     सफल आवाज    
     श्रावण २३ गते २०७९ मा प्रकाशित



लण्डन, २३ साउन । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी वेस्टह्याम युनाइटेडलाई २-० गोलले पराजित गरेको छ । दुवै गोल डेब्यु गरेका एर्लिङ हालान्डले गरेका हुन् । उनले खेलको ३६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

इल्काए गुन्डोगनको पासलाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिएपछि उनलाई गोलरक्षकले लडाउँदा रेफ्रीले पेनाल्टी दिएका थिए । हालान्डले पेनाल्टीमार्फत् पहिलो गोल गरेका हुन् ।

यसैगरी दोस्रो हाफको ६५ औं मिनेटमा हालान्डले नै गोल गरेपछि सिटीको अग्रता दोब्बर भयो । त्यसपछि दुवै तर्फबाट कुनै गोल हुन नसकेपछि नतिजा २-० मा पुगेको हो ।