
केरला, २६ साउन । भारतमा जारी केरला महिला लिग फुटबलको उद्घाटन खेलमा नेपाली खेलाडी सावित्रा भण्डारी एक्लैले पाँच गोल गरेकी छन् । केरल फुटबल संघको आयोजनामा बुधबारदेखि सुरु भएको लिगको पहिलो खेलमा सावित्रा सम्मिलित गोकुलमले केरला युनाइटेड फुटबल क्लबलाई ११-० ले पराजित गरेको हो ।
सावित्राले केरलाको कोजहिकोडेमा रहेको एर्नाकुलम इएमएस कर्पोरेसन स्टेडियममा भएको खेलको पहिलो हाफमा चार र दोस्रो हाफमा एक गरी ५ गोल गरेकी हुन् ।
सावित्रालाई केही दिनअघि गोकुल केरला फुटबल क्लबले आफ्नो टिममा अनुबन्ध गरेको हो । बुधबारै भएको अर्को खेलकम केरला ब्लास्टर्स एफसीले एमिरेट्स एफसीलाई १०-० ले पराजित गरेको थियो ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




