प्रिमियर लिग : आर्सनलद्वारा लेस्टर र सिटीद्वारा बर्नमाउथ पराजित

-



     सफल आवाज    
     श्रावण २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ साउन ।  इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले  लेस्टर सिटीलाई तथा म्यानचेस्टर सिटीले बर्नमाउथलाई पराजित गरेका छन् । शनिबार राति भएको पहिलो खेलमा आर्सनलले लेस्टर सिटीलाई ४-२ गोल अन्तरले तथा दोस्रो खेलमा म्यानचेस्टर सिटीले बर्नमाउथलाई ४-० गोल अन्तरले पारजित गरेका हुन् ।

पहिलो खेलमा आर्सनका ग्याब्रियल जिससले दुई तथा ग्रानिट जाका र ग्याब्रियल मार्टिनेलीले समान १-१ गोल गरे । लेस्टरका तर्फबाट भने विलियम सालिबा र जेम्स म्याडिसनले १-१ गोल फर्काए । यो जितपछि आर्सनलको ६ अंक पुगेको छ भने लेस्टरको १ अंक मात्र छ ।

यसैगरी दोस्रो खे‍लमा म्यानचेस्टर सिटीका इल्के गुन्डोगान, केभिन डी ब्रुएन र फिल फोडेनले समान १-१ गोल गरे भने अर्को १ गोल भनेे बर्नमाउथका जेफर्सन लेर्माका तर्फबाट आत्मघाती भएको थियो । जितसँगै सिटीको ६ अंक पुगेको छ भने बर्नमाउथको ३ अंक छ ।