
बैतडी, ६ भदौ । असोजमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीमा जिल्लास्तरीय छनोट भदौ १० देखि सुरु हुने भएको छ । बैतडी जिल्ला खेलकुद समितिका प्रमुख तर्कराज जोशीका अनुसार उक्त प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक आवेदन भरेका महिला र पुरुष खेलाडीको छनोट भदौ १० देखि भदौ १५ सम्म हुने भएको हो ।
तालिका अनुसार पहिलो दिन बैतडी सदरमुकाम पाटनमा टेबलटेनिस (महिला-पुरुष), बुद्धिचाल, भारोत्तोलन पुरुष, कराते, तेक्वान्दो (महिला-पुरुष) छनोट हुनेछ । दोस्रो दिन सदरमुकाममै ब्याडमिन्टन (महिला-पुरुष), उसु, फुल कन्टयाक्ट कराते (महिला-पुरुष), मेलौली खेल मैदानमा भलिबल (महिला-पुरुष) छनोट भदौ १२ गते हुने जनाइएको छ ।
यसैगरी भदौ १३ गते पाटन खेल मैदानमा कबड्डी (महिला-पुरुष), एथलेटिक्स (महिला-पुरुष), फुटबल, बक्सिङ (पुरुष), भदौ १४ गते देहिमाडौँ खेल मैदानमा पुरुष क्रिकेट र भदौ १५ गते सोही मैदानमा महिला क्रिकेट छनोट प्रतियोगिता सञ्चालन हुने बैतडी जिल्ला खेलकुद समितिले जनाएको छ ।
छनोट प्रतियोगितामा सहभागी हुनका लागि ३२५ खेलाडीले आवेदन दिएका बुझिएको छ । जिल्लाबाट छनोट भएका खेलाडीले प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुन पाउनेछन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने तय भएको छ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




