
काठमाडौं, ७ भदौ । पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्न सोमबार केन्या जान नपाएका ७ जना आज उड्ने भएका छन् ।
ढिलो भिसा आएका कारण पाँच खेलाडी, व्यवस्थापक र प्रशिक्षक गरी ७ जना सोमबार केन्या उड्न पाएका थिएनन् । ११ खेलाडी, मुख्य प्रशिक्षक मनोज प्रभाकर, फिजियो विक्रम न्यौपाने र एनालिस्ट रमन शिवाकोटीसहित १४ जना भने सोमबार राति नै केन्याको राजधानी नैरोबी प्रस्थान गरेका थिए ।
सोमबार टोलीसँगै जान नपाएका ५ खेलाडीसहित ७ जना भने आज राति केन्या प्रस्थान गर्ने भएका हुन् । व्यवस्थापक सुनील महासेठ, प्रशिक्षक भारतीय अब्दुल सतार र ५ खेलाडी सोमपाल कामी, बसिर अहमद, शाहब आलम, आदिल अलाम र विवेक यादव दोस्रो चरणमा आज राति केन्या उड्ने भएका हुन् ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




