यू–२० एसियन कप खेल्ने प्रारम्भिक टोली घोषणा

-



     सफल आवाज    
     भाद्र ८ गते २०७९ मा प्रकाशित



काठमाडौं, ८ भदौ । अखिल नेपाल फुटबल संघ एन्फा ले बहराइनमा हुने यू–२० एसियन कप छनोटका लागि २५ सदस्यीय टोलीको घोषणा गरेको छ । टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले बुधबार २५ घोषणा गरेको उक्त टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा प्रशिक्षण गरिरहेको छ ।

यो शुरुवाती २५ सदस्यीय टोलीमा गत महिना भारतमा भएको साफ यू–२० च्याम्पियनसिपको टोलीमा रहेका केही खेलाडी बाहिरिएकाले नयाँ समावेश भएका छन् ।

साफ यू–२० को अन्तिम टोलीमा रहेका सोनित दाहाल, आयुष श्रेष्ठ, रोशन थापा, मोहित गुरुङ र रोहित सुब्बा यो टोलीमा नभएका कारण नयाँ खेलाडीहरु टोप बहादुर राना, जान ताम्ली, शेखर खवास, स्यान्सु भुषाल र राज थोकर राकेश विश्वकर्मा र सन्जीव लामा समावेश भएका छन् ।