आज केन्यासँग पहिलो टी-२० खेल्दै नेपाल

-



     सफल आवाज    
     भाद्र ९ गते २०७९ मा प्रकाशित


नेपाली क्रिकेट टोली - फाइल तस्बिर


काठमाडौं, ९ भदौ । नेपालले आज केन्यासँगको सिरिजमा पहिलो टी-२० आई खेल्दैछ । पाँच टी-२० आई खेलको सिरिज अन्तर्गत पहिलो खेल आज हुने तय भएको छ ।

उक्त खेल नेपाली समय अनुसार आज दिउँसो पौने ४ बजे केन्याको नैरोबीमा रहेको जिमखान क्लब ग्राउन्डमा हुने तय भएको छ । विश्व टी-२० आई वरीयतामा नेपाल १४ औं र केन्या ३० औं स्थानमा छन् । नेपाल र केन्याबीच टी-२० आई पहिलो पटक हुन लागेको हो ।

यस्तो छ केन्या र नेपालबीचको टी-२० आई तालिका

पहिलो टी-२० आई खेल – भदौ ९ (अगष्ट २५)

दोस्रो टी-२० आई खेल – भदौ १० (अगष्ट २६)

तेस्रो टी-२० आई खेल – भदौ १२ (अगष्ट २८)

चौथो टी-२० आई खेल – भदौ १३ ( अगष्ट २९)

पाँचौं टी-२० आई खेल – भदौ १४ (अगष्ट ३०)