
नेपाली क्रिकेट टोली - फाइल तस्बिर
काठमाडौं, १२ भदौ । नेपालले केन्यासँगको पाँचमध्ये तेस्रो टी-२० आई खेल आज खेल्दैछ । यो खेल नेपाली समय अनुसार अपराह्न पौने ४ बजे केन्याको राजधानी नैरोबीमा रहेको जिमखाना क्रिकेट क्लब ग्राउन्डमा सुरु हुने तालिका छ ।
पाँच टी-२० आई खेलको सिरिज हालसम्म १–१ को बराबरीमा छ । यसमध्ये पहिलो खेल नेपाल र दोस्रो खेल केन्याले जितेका हुन् । आजको खेलको नतिजाले खेल जुनसुकै पक्षमा २-१ को अग्रता हुनेछ । नेपाल यो अग्रता आफ्नो होस् भन्ने हिसाबले रणनीति बनाइरहेको छ।
आजको रणनीति अनुसार पवन सरार्फलाई बेन्चमा राख्दै ज्ञानेन्द्र मल्ल र वा देव खनाललाई ओपनिङ गराउन सक्ने आकलन गरिएको छ । दुई ओटै खेलमा चल्न नसकेका टोली मध्यक्रममा मुख्य ब्याट्सम्यान हरु दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र आरिफ शेखबाट आज राम्रो प्रदर्शन हुने अपेक्षा गरिएको छ ।
यस्तै स्पिनर बसिर अहमदलाई बेन्चमा राख्दै नेपालले विकेटकिपर अर्जुन साउदलाई डेब्यू गराउन सक्ने पनि देखिएको छ । सोमपाल कामी र करण केसीले तीव्र गतिका हिसाबले निरन्तरता पाउने आदिल अन्सारी ब्याटिङ अलराउन्डरको रुपमा यथावत् रहने अपेक्षा गरिएको छ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




