
काठमाडौं, १३ भदौ । आइतबार साँझ भएको टी२० एसिया कपको खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ । जितका लागि १ सय ४८ रनको विजय लक्ष्य पछ्याएको भारतले १९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा लक्ष्य भेट्न सफल भएको थियो ।
जितका लागि भारतका रविन्द्र जडेजाले सर्वाधिक ३५ रन बनाए भने हार्दिक पान्ड्या ३३ रनमा अविजित रहे । बलिङतर्फ पाकिस्तानका मोहमद नवाजले ३ तथा नसिम शाहले २ विकेट लिए ।
त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तान १९.५ ओभरमा १ सय ४७ रनमा अल आउट भएको थियो । पाकिस्तानका ओपनर मोहम्मद रिजवानले ४२ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४३ रन बनाए । यसैगरी इफ्तिखर अहमदले २८ रन जोडे । बलिङतर्फ भुवनेश्वर कुमारले ४ तथा हार्दिक पाण्ड्याले ३ विकेट लिए ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




