केन्यासँगको निर्णायक खेलमा टस जितेर ब्याटिङ गर्दै नेपाल

-



     सफल आवाज    
     भाद्र १४ गते २०७९ मा प्रकाशित



काठमाडौं, १४ भदौ । नेपालले केन्यासँगको पाँचौं तथा निर्णायक टी-२० आई खेलमा टस जितेर ब्याटिङ रोजेको छ । यो खेल केन्याको राजधानी नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा सुरु भएको छ । चार खेल सकिँदा सिरिज २–२ को बराबरी अवस्थामा छ । गएका चार खेलमा पहिलो र तेस्रो नेपालले तथा दोस्रो र चौथो केन्याले जितेका थिए ।

२-२ खेलको बराबरी भएकाले सिरिज पाँचौं खेल विजेताको हातमा जानेछ । चौथो खेलमा १ सय २ रनको लक्ष्य पनि भेट्न नसकेको नेपाल पाँचौं खेल जितेर सिरिज हात पार्ने दाउमा छ । यसअघिका चारओटै खेलमा केन्याले पहिलो इनिङ्समा ब्याटिश्र गरेको र नेपालले लक्ष्य पछ्याएकोमा आजभने नेपालले टस रोजेर ब्याटिङ गरेको हो ।

नेपालले ज्ञानेन्द्र मल्ल र अर्जुन साउदलाई शुरुवाती ब्याट्सम्यानका रुपमा उतारेको छ भने १ ओभरको खेल सकिँदा नेपालले कुनै विकेट नगुमाई ८ रन जोडेको छ ।