नेपाललाई एक खेल अगावै केन्याविरुद्धको एक दिवसीय सिरिज

-



     सफल आवाज    
     भाद्र १९ गते २०७९ मा प्रकाशित


नेपाली क्रिकेट टोली - फाइल तस्बिर


काठमाडौं, १९ भदौ । नेपालले केन्यासँगको ३ एक दिवसीय सिरिज एक खेल अगावै हात पारेको छ । शनिबार आयोजित दोस्रो एक दिवसीय खेलमा घरेलु टोली केन्यालाई १७ रनले हराउँदै सिरिज एक खेल अगावै जितेको छ ।

२३१ रनको लक्ष्य पाएको केन्याले ४६३ ओभरमा २१३ रन मात्र बनाउन सक्यो । यो खेलमा जितसँगै नेपालले तीन एक दिवसीय खेलको सिरिजमा २–० को अग्रता प्राप्त गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले रोहितकुमार पौडेलको कप्तानी पारीको मदतमा ४९.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएको थियो । ९४ बलको सामना गरेका पौडलले सर्वाधिक ७८ रन बनाएका थिए ।

केन्याको राजधानी नैरोवीमा रहेको जिमखाना क्रिकेट मैदानमा भएको खेलमा नेपाल दिपेन्द्रसिंह ऐरीले ४ र सोमपाल कामीले ३ विकेट लिएका थिए ।

आशिफ शेखको ठाउँमा आएका देव खनालले ओपनिङ गर्दै ३७ बनाए बनाए भने सोमपाल कामीले २६ र ज्ञानेन्द्र मल्लले २५ रन बनाए । बलिङतर्फ केन्याका नेहमिह ओडिएम्बो, शेम गोचे र भिराज पटेलले २-२ विकेट लिए । तेस्रो तथा अन्तिम म्याच आउने सोमबार हुनेछ ।