
काठमाडौं, २० भदौ । एसिया कप क्रिकेटको सुपर फोरको खेलमा पाकिस्तानद्वारा भारत ५ विकेटले पराजित भएको छ । समूह चरणमा भारसँग पराजित भएको पाकिस्तानले सुपर फोरको खेललमा भने अन्तिम ओभरसम्म खेलेर रोमाञ्चक जित निकालेको हो ।
अन्तिम ओभर निकै रोमाञ्चक भएको थियो । अन्तिम ओभरमा पाकिस्तानलाई ७ रन चाहिएकामा १९.४ ओभरको खेल सकिंदा जितका लागि २ रन चाहिने अवस्था थियो । एक रनले खेललाई सुपर ओभरमा लैजान्थ्यो ।
१९.४ ओभरमा पाकिस्तानका आसिफ अली अर्हदीप सिंको बलमा आउट भएपछि उनको ठाउँमा क्रिजमा आएका इफ्तिखर अहमदले आफ्नो पहिलो बलमै २ रन हानेर १ बल अगावै भारतमाथि ५ विकेटले जित्दै समूह चरणको हारको बदला लिए ।
मोहमद नवाजले ४२ तथा फखर जमानले १५, कप्तान बाबर आजमले १४, आसिफ अलीले १६ र खुस्दिल शाहले अविजित रहँदै १४ रन बनाए । भारतका भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, अर्शदीप सिं, रवि विश्नोइ र युजवेन्द्र चाहलले एक/एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ७ विकेट गुमाएर १८१ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले ६० रन, कप्तान रोहित शर्मा र केएल राहुलले समान २८/२८, दीपक हुडाले १६, ऋषभ पन्तले १४ तथा सूर्यकुमार यादवले १३ रन बनाएका थिए । बलिङतर्फ पाकिस्तानका शदाब खानले २ तथा निसम शाह, मोहमद हस्नैन, हरिस रौफ र मोहमद नवाजले एक/एक विकेट लिए ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




