केन्याले दियो नेपाललाई २५६ रनको लक्ष्य, नेपाल जवाफी ब्याटिङमा(लाइभ)

-



     सफल आवाज    
     भाद्र २० गते २०७९ मा प्रकाशित



काठमाडौँ, २० भदौतेस्रो तथा अन्तिम एक दिवसीय खेलमा घरेलु टोली केन्याले नेपाललाई जितका लागि २५६ रनको लक्ष्य दिएको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५५ रनको योगफल बनायो ।

केन्याका लागि कोलिन्स अबुयाले ८४ रनको अर्धशतकीय इनिङ खेले । उनले १११ बलमा सात चौका र दुई छक्काको मद्दतमा सो रन बनाएका हुन । यस्तै लुकास एनडानडासनले अविजित रहदै ५९ रनको योगदान दिए भने सुखदिप सिंहले ३७ रन बनाए । इमानुएल बुन्डीले २३ रन बनाउँदा कप्तान शेम एनगोचेले १७ रन जोडे ।

बलिङमा नेपालका सोमपाल कामी र आदील अन्सारीले समान दुई/दुई विकेट लिए भने बसिर अहमद र शाहब आलमले एक/एक विकेट लिए । तीन खेलको सिरिजमा नेपाल २–० ले अघि रहेको छ । एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो एकदिवसीय खेलमा १७ रनले विजयी भएको थियो । त्यसअघि केन्या विरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले ३–२ ले जितेको थियो ।

नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । याे समाचार तयार पार्दासम्म नेपालले १ वीकेटकाे क्षतिमा १०५ रन जाेडेकाे छ ।

केन्याले नेपाललाई दियाे जितका लागि २५६ रनको लक्ष्य । नेपाल व्याटिङ गर्दै (लाइभ)