
काठमाडौं, २२ भदौ । एसिया कप टी-२० क्रिकेटको सुपर फोर चरणको खेलमा श्रीलंकाले भारतलाई ६ विकेटले पराजित गरेको छ । सुपर फोर चरणमा श्रीलंकाले २ खेलमा लगातार दोस्रो जित हात पारेको हो भने भारतले २ खेलमा दुवैमा पराजय भोगेको छ । यसअघि सुपर फोरको पहिलो खेलमा भारतलाई पाकिस्तानले हराएको थियो।
सुपर फोरका दुवै खेलमा भारतले दिएको विजय लक्ष्य विपक्षी टोलीले १ बल बाँकी छँदै पूरा गरेका हुन् । पाकिस्तानले १८१ रनको लक्ष्य तथा श्रीलंकाले १७३ रनको लक्ष्य समान १९.५ ओभरमा पूरा गरेर भारतविरुद्ध रोमाञ्चक जित हात पारेका हुन् ।
श्रीलंकाका लागि कप्तान दासुन शनकाले नटआउट ३३ रन र भानुका राजापाक्षाले नटआउट २५ रन बनाए । त्यसअघि ओपनरद्वय पाथुन निशंकाले ५२ रन र कुशल मेन्डिसले ५७ रनको योगदान गरेका थिए ।
बलिङतर्फ भारतका युजवेन्द्र चाहलले एकै ओभरमा दुईसहित तीन विकेट लिए । उनले शुरुवाती ब्याट्सम्यानको साझेदारी तोडेका थिए ।
पहिले ब्याटिङ गरेको भारतले ८ विकेटको क्षतिमा १७३ रन बनाएको थियो जसमा कप्तान रोहित शर्माको ७२ रनको योगदान थियो । केएल राहुल ६ रन तथा विराट कोहली शून्यमा आउट भए । सूर्यकुमार यादवले ३४ रन जोडे । बलिङतर्फ श्रीलंकाका दिलशन मधुशंकाले ३ विकेट लिए ।
यो जितसँगै श्रीलंकाको २ खेलबाट ४ अंक भएको छ भने पाकिस्तानको १ खेलबाट २ अंक रहेको छ । यसैगरी २ मा २ खेल नै हारेकाो भारत तथा १ मा एक खेल हारेको अफगानिस्तानले सुपर फोर चरणमा अंकको खाता खोल्न सकेका छैनन् ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




