काठमाडौं म्याराथनमा नेपाली सेनाका रिमाल प्रथम

-



     सफल आवाज    
     भाद्र २६ गते २०७९ मा प्रकाशित



काठमाडौं, २६ भदौ । त्रिभुवन आर्मी क्लबका हरिकुमार रिमाल १४ औं काठमाडौं म्याराथनमा प्रथम भएका छन् । निर्धारित दूरी २ घण्टा ४० मिनेट र ४० सेकेन्डमा पूरा गरेर प्रथम भएसँगै उनले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

उक्त प्रतियोगितामा सेनाकै जुनेश खड्का दोस्रो र सशस्त्र प्रहरी बल एपीएफका राजन चौधरी तेस्रो भए । २ घण्टा ४२ मिनेट ५९ सेकेन्डमा दौड पूरा गरेर जुनेशले ५० हजार जिते भने २ घण्टा ५५ मिनेट ४७ सेकेन्डमा दौड सम्पन्न गरेर राजनले २५ हजार रुपैयाँ जिते ।

यसैगरी महिला हाफ म्याराथनमा नेपाल प्रहरीकी रेखा विष्ट १ घण्टा २६ मिनेट र ४० सेकेन्डसहित पहिलो, धादिङकी लक्ष्मी थापा १ घण्टा ४६ मिनेट र ५८ सेकेन्ड तथा दोलखाकी तिलिमाया राउत २ घण्टा ५ मिनेट ५६ सेकेन्डसहित तेस्रो भए । यस विधामा पुरुष र महिला दुवैतर्फ पहिलोले ५०, दोस्रोले २५ र तेस्रोले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेक ।