
काठमाडौं, २६ भदौ । बागमती प्रदेशका अफताब अली र बागमतीकै प्रिन्स देउलाले राष्ट्रव्यापी पुरुष/महिला तौलसमूह ‘फुल कन्ट्याक्ट’ कराते प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको पुरुष ३५ केजीमुनि फाइनल खेलमा अफताबले बागमतीका रामशरण विकलाई पराजित गरे । त्यस्तै पुरुष ४० केजीमुनिको फाइनल खेलमा प्रिन्सले बागमतीका निरोज दूधराजलाई पराजित गर्दै स्वर्ण जितको हुन ।
पुरुष ४५ केजीमुनि लुम्बिनीका अनमोल माझीले बागमतीका प्रभात स्याङ्तान तथा ५५ केजीमुनि बागमतीका विवेक घिमिरेले बागमतीका रविन तामाङलाई फाइनलमा हराउँदै स्वर्ण जिते ।
नेपाल आइएफकेके सङ्घद्वारा आयोजित उक्त प्रतियोगिताको विजेता खेलाडीलाई पूर्वसांसद रामकृष्ण चित्रकार, आयोजक सङ्घका अध्यक्ष घनश्याम श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




