नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

-



     सफल आवाज    
     भाद्र २८ गते २०७९ मा प्रकाशित



काठमाडौं, २८ भदौ । नेपाली टोली साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा श्रीलंकालाई हराउँदै समूह विजेताका रुपमा नेपाली टोली सेमिफाइनल प्रवेश गरेको हो ।

समूह ‘बी’ को अन्तिम खेल खेलका रुपमा भएको खेलमा नेपालले श्रीलंकालाई ६-० को फराकिलो अन्तरले हराएको थियो । नेपालको जितमा अमिसा कार्कीले २ तथा रश्मीकुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दीपा शाहीले समान एक एक गोल गरेका थिए । नेपालको जितमा अमिसा कार्कीले २ तथा रश्मीकुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दीपा शाहीले समान एक एक गोल गरेका थिए ।

सोमबार त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको खेलमा १० ‌औं मिनेटमा घिसिङले पहिलो गोल गरिन् । त्यसको एक मिनेटमै सरु लिम्बुले हेडि गोल नै गरिन् । १७ औं मिनेटमा हेडि गोल नै अमृता जैशीले टोलीलाई ३-० को अग्रता दिलाइन् ।

पहिलो हाफको इन्जुरी समयमा दीपा शाहीले गोल गर्दै नेपाललाई -० को अग्रता दिलाइन् । अमिसा कार्कीले दोस्रो हाफको ७५ ‌औं मिनेट र दोश्रो हाफको इन्जुरी समयमा अर्को गोल गरेपछि नेपालले खेल ६-० ले जितेको हो ।