साफ यू-१७ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारत भिड्दै

-



     सफल आवाज    
     भाद्र २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ भदौ । श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । राजधानी कोलोम्बोमा रहेको रेसकोर्स ग्राउण्डमा भारत र नेपालबीच उपाधि भिडन्त हुनेछ । नेपालले सेमिफाइनलमा घरेलु टोली श्रीलंकालाई ६-० ले पराजित गरेको थियो भने भारतले बंगलादेशलाई २-१ ले पराजित गरेको थियो ।

फाइनलमा पुगेको भारतलाई नेपालले समूह चरणमा ३-१ ले पराजित गरेको थियो । नेपालका प्रशिक्षक उर्जन श्रेष्ठ भन्छन् ‘हाम्रो कप्तान फर्केका छन् । टिममा एकता राम्रो छ । कडा मिहिनेत गर्नेछौँ, फाइनल धेरै प्रतिस्पर्धात्मक हुनेछ ।’

नेपालले यो उमेर समूहमा भारतसँग फाइनल खेल्न लागेको यो चौथो पटक हो । यसअघि तीन पटक फाइनमा भेट हुँदा नेपाल सबैमा भारतसँग पराजित भएको थियो । यसअघिका ६ संस्करण मध्ये पाँचपटक फाइनलमा पुगेको भारतले भने तीन पटक उपाधि जितेको छ।