
काठमाडौं, ५ असोज । अष्ट्रेलियाले पहिलो टी२० आई प्रतियोगितामा भारतविरुद्ध शानदार जित निकालेको छ । मंगलबार बेलुका भएको खेलमा क्यामरन ग्रिन र म्याथ्यु वेडको उत्कृष्ट ब्याटिङमा अष्ट्रेलियाले घरेलु टोलीमाथि चार विकेटको जित निकालेको हो । यो जितसँगै तीनओटा टि२० आई खेलको सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ ।
भारतले जितका लागि २ सय ९ रनको विशाल लक्ष्य दिएकोमा अष्ट्रेलियाले १९.२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेटाएको हो । अष्ट्रेलियाका लागि क्यामरन ग्रीनले सर्वाधिक ६१ तथा म्याथ्यु वेडले अविजित ४५ रनमा रनको योगदान दिए ।
बलिङतर्फ भारतका अक्षर पटेलले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । उमेश यादवले २ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । युजभेन्द्र चहलले एक विकेट लिए ।
त्यसअघि मोहालीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८ रन बनाएको थियो । भारतका लागि हार्दिक पान्ड्याले सर्वाधिक ७१ रन बनाएका थिए ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




