नेदरल्याण्ड्सद्वारा पाकिस्तानलाई ९२ रनको विजय लक्ष्य प्रस्तुत

-



     सफल आवाज    
     कार्तिक १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ कात्तिक । अस्ट्रेलियामा जारी टी२० विश्वकपको समूह २ अन्तर्गत सुपर १२ को आजको दोस्रो खेलमा नेदरल्याण्ड्सले पाकिस्तानलाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । पर्थमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९१ रन बनाउन सफल भयो । नेदरल्याण्ड्सका लागि कोलिन एकरम्यानले सर्वाधिक २७ तथा स्कट एडवार्ड्सले १५ रनको योगदान दिए ।

म्याक्स ओ’डाउड ८ रनमा आउट भए भने पल भ्यान मिकरन ७ रन बनाए । स्टेफन माइबर्ग, बास डी लिडे तथा लोगन भान बिकले समान ६-६ रन बनाए । तीमध्ये लीडे रिटायर्ड हर्ट भएका थिए । यस्तै रोलफ भ्यान डर मर्वे र टिम प्रिङ्गलले समान ५-५ रन जोडे ।

बलिङतर्फ पाकिस्तनका शदाव खानले ३, मोहम्मद वासिमले २ तथा शाहीन शाह अफ्रिदी, नसिम शाह तथा ह्यारिश रौफले समान १-१ विकेट लिए । केही बेरमा पाकिस्तानले जवाफी ब्याटिङ थाल्नेछ । अहिले पानीका कारण दोस्रो इनिङ्सको खेल केही समय रोकिएको छ ।