लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा मुद्दा दायर 

-



     सफल आवाज    
     कार्तिक १४ गते २०७९ मा प्रकाशित



काठमाडौं, १४ कात्तिक । नाबालिग बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध आज जबरजस्ती करणीको कसूरमा मुद्दा दायर गरिएको छ । उनीविरुद्ध आज जबरजस्ती करणीको कसूरमा मुद्दा दायर भएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले जिल्ला अदालतमा सोमबार अभियोग पत्र दर्ता गराएको हो । पीडित किशोरी १६ वर्ष वा त्योभन्दा बढी १८ वर्षभन्दा कम उमेरको भए १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । त्यही अनुसार अभियोग पत्रमा अधिकतम सजायको मागदावी गरिएको बताइएको छ ।

आरोपित लामिछानेलाई आत्मसमर्पणका लागि गत असोज २० गते अमेरिकाबाट फर्कँदै गर्दा प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राऊ गरेर हिरासतमा लिएको थियो । उनीविरुद्ध तीन पटकसम्म म्याद थप गरी अनुसन्धान भइसकेको छ ।

लामिछानेले आफूलाई होटलमा लगेर बलात्कार गरेको भन्दै एक किशोरीले गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । लामिछानेले भने आफू निर्दोष रहेको अदालतसमक्ष बयान दिँदै आएका छन् । गोपनीयताका लागि नाम परिवर्तन गरेर जुनेली राखिएकी जाहेरीवाला किशोरी हाल माइती नेपालको संरक्षणमा छिन् ।

सम्बन्धित समाचार

सन्दीप लामिछानेविरुद्ध मुद्दा दर्ता गर्ने तयारी

सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न २ दिन म्याद थप

सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न ४ दिन म्याद थप

सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राखिने

सन्दीप लामिछानेविरुद्धको जाहेरीवाला नाबालिग नभएको दावी

निलम्बित कप्तान लामिछानेलाई सात दिन हिरासतमा राख्न अनुमति

लामिछाने जहाँ भए पनि खोजेर ल्याउँछौं: प्रहरी प्रवक्ता राई