चाङ्गन भी-५ विद्युतीय भ्यान नेपालमा

-



     सफल आवाज    
     कार्तिक १७ गते २०७९ मा प्रकाशित



काठमाडौं, १७ कात्तिक । चाङ्गनको भी-५ विद्युतीय भ्यान नेपालमा उपलब्ध भएको छ । उक्त कम्पनीको विद्युतीय भ्यान सीजी मोटर्सले नेपाल भित्र्याएको हो ।

सीजी मोटर्सले यसअघि यात्रु कार समूहको निटा भीको नेपालमा ल्याएको थियो । निटा भीको सफलता पछि कम्पनीले हलुका व्यावसायिक समूहको चाङगन भी–५ मोडल नेपालमा उपलब्ध गराएको हो । यसबाहेक चाङ्गनकै भी–७ मोडल पनि केही समयमा नेपालमा ल्याउने तयारी रहेको कम्पनीले जनाएको छ ।

नेपालमा विद्युतीय सवारी भित्र्याउने क्रम बढ्दै जाँदा चार्जिङ स्टेशन लगायतका पूर्वाधारको कमीका कारण सर्वसाधारणमा अझै पनि विद्युतीय सवारीप्रतिको आकर्षण धेरै बढ्न सकेको छैन । तर सीजी मोटर्सले भने चार्जिङ पूर्वाधारलगायत आवश्यक सेवा सुविधा विस्तारलाई उच्च प्राथमिकता दिएको दावी गरेको छ ।