
काठमाडौं, १७ कात्तिक । अस्ट्रेलियामा जारी टी-२० विश्वकप अन्तर्गत आजको खेलमा पाकिस्तानले दक्षिण अफ्रिकासमक्ष १८६ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाउँदै १८५ रन बनायो । पाकिस्तानका लागि इफ्तिखर अहमदले ५१ र शदाब खानले ५२ रनको योगदान दिए । त्यसैगरी मोहमद ह्यारिश र मोहमद नवाजले समान २८-२८ रन बनाए ।
बलिङतर्फ दक्षिण अफ्रिकाका एन्रिच नोर्ट्जेले ४ तथा वायन पार्नल, कगिसो रबाडा, लुङ्गी एङगिडी तथा तब्रेज शाम्सीले समान १-१ विकेट लिए । १८६ रनको विजय लक्ष्य लिएर दक्षिण अफ्रिकाले जवाफी ब्याटिङ शुरु गरिसकेको छ । ताजा अवस्थामा दक्षिण अफ्रिकाले ३ ओभरमा २ विकेट गुमाउँदै १६ रन बनाएर खेलिरहेको छ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




