
पथरी, १९ कात्तिक । मोरङको पथरी शनिश्चरेमा सम्पन्न पिट्सवर्ग च्यालेन्ज कपको उपाधि साबिक विजेता बेलवारी एफसीले चुमेको छ । फाइनल खेलमा चारतारे फुटबल क्लब लेटाङलाई ‘टाइब्रेकर’मा २–४ हराउँदै बेलवारीले उपाधि चुमेको हो ।
निर्धारित समय गोलरहित बराबरीमा टुङ्गिएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । टाइब्रेकरमा बेलवारी एफसीका मैसम सुब्बा, अभिषेक गुरुङ, सुरज राई र निशान लिम्बूले गोल गरे भने विल्सन गिरीको प्रहार विपक्षी गोलरक्षक टेकेन्द्र थापाले बचाएका थिए । चारतारे लेटाङका लागि अशोक खवार र जय गुरुङले गोल गरेका थिए ।
सुशील राईको प्रहार बेलवारीका गोलरक्षक किशोर गिरीले बचाएका थिए भने अभिषेक लिम्बूको प्रहार बाहिरिएको थियो । प्रतियोगिताको विजयी टोली बेलवारी एफसीले नगद रु दुई लाख एकका तथा उपविजेता चारतारे लेटाङले नगद रु एक लाख एक हजार साथ मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
खेलको ‘म्यान अफ दी म्याच’ र ‘बेस्ट गोल किपर बेलबारी एफ सी’का गोलरक्षक किशोर गिरी घोषित भए । प्रतियोगितामा बेलवारीका राजकुमार राई ‘बेस्ट कोच’ घोषित हुँदै नगद रु पाँच हजार प्राप्त गरे । विवेक पौडेल ‘बेस्ट प्लेयर’ घोषित भई नगद सात हजार पाँच सय प्राप्त गरेका छन् । लेटाङका भुवन बस्नेत ‘बेस्ट फरवार्ड’ अभिषेक लिम्बू ‘वेस्ट डिफेन्डर’ जय गुरुङ ‘बेस्ट मिड फिल्डर’ घोषित भई जनही रु पाँच÷पाँच हजार प्राप्त गरे ।
प्रतियोगिताको विजयी टोली र खेलाडीलाई नगरप्रमुख मोहन तुम्वापोले पुरस्कृत गर्नुभएको थियो । लामो समय नेपालमा रही तेस्रो मुलुक पुनः स्थानान्तरण भएका नेपाली भाषी भूटानी शरणार्थीहरूको सहयोगमा गत वर्षदेखि पिट्सवर्ग च्यालेन्ज कप सञ्चालन हुँदै आएको छ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




