
काठमाडौं, २० कात्तिक । उपाधिको बलियो दावेदारमध्येको एक दक्षिण अफ्रिका विश्वकप क्रिकेटबाट बाहिरिएको छ । सुपर १२ को खेलमा आज बिहान भएको खेलमा नेदरल्यान्ड्ससँग १३ रनले पराजित हुँदै दक्षिण अफ्रिका सेमिफाइनल पुग्नबाट वञ्चित भएको हो ।
अस्ट्रेलियाको एडिलेडमा आज बिहान नेदरल्यान्ड्सले दिएको १५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १४५ रन बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि राइली रुसोले सर्वाधिक २५ रन हेनरिक क्लानले २१ रन तथा कप्तान टेम्बा बभुमाले २० रनको योगदान दिए ।
बलिङतर्फ नेदरल्यान्ड्सका लागि बर्नान्डो ग्लोभरले ३ विकेट फ्रेड क्लासेन र बास डिलिडले दुई–दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाउँदै १५८ रन बनाएको थियो ।
नेदरल्यान्ड्सका लागि कोलिन एकरम्यानले अविजित ४१ रन, स्टेफन माइबर्गले ३७ रन तथा टम कूपरले ३५ रनको योगदान दिए । बलिङतरेफ दक्षिण अफ्रिकाका लागि केशव महाराजले २, एन्ररिच नोर्टजे र एडेन मार्करमले समान एक–एक विकेट लिए ।
यो नतिजासँगै ४ खेलबाट ६ अंक जोडेको भारत सेमिफाइनलमा पुगेको छ । दक्षिण अफ्रिका ५ खेलबाट ५ अंक जोडेर बाहिरिएको छ । यता ४ खेलबाट समान ४ अंक भएका पाकिस्तान र बंगलादेश मध्य एक टोली सेमिफाइनलमा पुग्नेछ । यी दुई टोलीबीचको खेल अहिले चलिरहरेको छ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




