
काठमाडौं, २० कात्तिक । बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तान अस्ट्रेलियामा जारी टी२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज अस्ट्रेलियाको एडिलेड ओभलमा भएको खेलमा बंगलादेशले दिएको १२८ रनको लक्ष्य पाकिस्तानले ११ बल बाँकी रहँदै भेटाएर सेमि फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ३२, मोहम्मद ह्यारिशले ३१, बाबर आजमले २५ तथा सान मसूदले अविजित २४ रनको योगदान दिए । बलिङतर्फ बंगलादेशका शाकीब अल हसन, नसुम अहमद र इबादोत हुसेनले समान एक–एक विकेट लिए ।
टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२७ रन बनाएको थियो । बंगलादेशका लागि नाजमुल हसन सान्टोले सर्वाधिक ५४, सौम्य सरकारले २०, लिटन दासले १० तथा अफिफ हुसेनले २४ अविजित रनको योगदान दिएका थिए । बलिङतर्फ पाकिस्तानका शाहीन शाह अफ्रिदीले ४ तथा शदाब खानले २ विकेट लिए ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




