टि२० विश्वकप: दोस्रो सेमिफाइनलमा टस जितेर फिल्डिङ गर्दै इङ्ल्याण्ड

-



     सफल आवाज    
     कार्तिक २४ गते २०७९ मा प्रकाशित



काठमाडौं, २४ कात्तिक । आइसीसी टी-२० विश्वकपको दोस्रो सेमिफाइनलमा इङ्ल्याण्डले टस जितेर फिल्डिङ रोजेको छ । यो खेल नेपाली समय अनुसार अहिले १:४५ मा एडिलेड ओभलमा सुरु हुनेछ ।

भारत सुपर १२ को समूह बी को विजेता टोली हो भने इंग्ल्यान्ड सुपर १२ को समूह ए को उपविजेता टोली हो । यसअघि हिजो भएको पहिलो सेमि फाइनल खेलमा पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले हराएर फाइनलमा पुगिसकेको छ । आजको खेल जित्ने टिमले पाकिस्तानसँग उपाधिका लागि फाइनल खेल खेल्नेछ ।