टी२० क्रिकेट विश्वकपको उपाधि इङ्ल्याण्डलाई

-



     सफल आवाज    
     कार्तिक २७ गते २०७९ मा प्रकाशित



काठमाडौं, २७ कात्तिक । अस्ट्रेलियामा जारी आईसीसी टी२० क्रिकेट विश्वकपको उपाधि इङ्ल्याण्डले जितेको छ । मेलबर्नमा भएको फाइनल खेलमा पाकिस्तानले दिएको १३७ रनको विजय लक्ष्य १ ओभर बाँकी छँदै भेट्टाएर इङ्ल्याण्डले आईसीसी टी२० क्रिकेट विश्वकप २०२२ को उपाधि हात पारेको हो ।

इङ्ल्याण्डलाई उपाधि दिलाउने क्रममा बेन स्टोक्सले सर्वाधिक अविजित ५२ रनको महत्वपूर्ण योगदान गरे । उनले ४९ बलमा ५ चौका र १ छक्काको मद्दतले ५२ रन बनाए । जस बटलरले २६ तथा ह्यारी ब्रुकले २० रन बनाए । मोइन अलिले १९ रनको रन बनाए । बलिङतर्फ पाकिस्तानका ह्यारिस रौफले २ तथा शाहीन शाह अफ्रिदी, मोहम्मद वासिम तथा शदाब खानले समान १-१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनायो । पाकिस्तानका लागि सान मशुदले सर्वाधिक ३८ तथा कप्तान बाबर आजमले ३२ रनको योगदान दिए । यसैगरी शदाब खान २० रनमा आउट भए भने मोहम्मद रिजवानले १५ रनमात्र जोड्न सके ।

बलिङतर्फ इङ्ल्याडका साम कर्रनले ३ तथा आदिल रशिद र जोर्डनले समान २-२ विकेट हात पारे । बेन स्टोक्सले एक विकेट लिए । यो उपाधि इङ्ल्याण्डले दोस्रो पटक जितेको हो ।