
पोखरा, २७ कार्तिक । वाईवाई गण्डकी प्रदेश स्तरिय क्रिकट छनौंट प्रतियोगितामा नवलपुरले तनहुँलाई पराजित गरेको छ । प्रादेशिक क्रिकेट संघ, गण्डकीको आयोजनामा पोखरामा जारी खेल अन्तर्गत आइतबार भएको खेलमा नवलपुर ३७ रनले विजयी भएको हो ।
टस जितेर पहिला व्याटिङ गरेको नवलपुरले पुरा ५० ओभरको खेल्दै ९ विकेटको क्षतीमा २ सय १२ रनको विशाल योगफल तयार पा¥यो । खेलमा म्यान अफ द म्याच भएका नवलपुरका दिपक डुम्रेले ११५ बलमा ८५ रनको महत्वपूर्ण पारी खेले । टिमका लागि विज्ञान पाण्डेले ३८ रन जोडे । तनहुँका बलहरु प्रदीप अर्यालले ३ तथा सचिन राज अधिकारी र रिन्जिन लामाले समान २ विकेट लिए ।
जितका लागि २ सय १३ रनको लक्ष्य पछ्याएको तनहुँले पुरा ओभरमा ९ विकेट गुमाउँदै १ सय ७६ रन बनायो । तनहुँको तर्फबाट पासाङ दोर्जे तामाङले सर्वाधिक ४३ रन बनाए । रिन्जिन लामाले ३५ तथा पुस्कल गौडेलले २२ रन जोडे । नवलपुरका बलरहरु सगुन सापकोटा र शिशिर भुषालले समान ३ विकेट लिए । अपराजित पौडेलले १ विकेट लिएका थिए ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




