दोस्रो एक दिवसीय: जितका लागि नेपालले पायो १९२ रनको लक्ष्य

-



     सफल आवाज    
     कार्तिक ३० गते २०७९ मा प्रकाशित



काठमाडौं, ३० कात्तिक । काठमाडौंमा जारी दोस्रोफ एक दिवसीयमा संयुक्त अरब इमिरेटस ९युएई०ले घरेलु टोली नेपाललाई जितका लागि १९२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि किकेट मैदानमा युएईविरुद्धको तीन खेलको अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको दोस्रो खेलमा युएईले नेपाललाई जितका लागि १९२ रनको लक्ष्य दिएको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको युएईले निर्धारित ५० खेल्न सकेन । उसले ४३.२ ओभरमा सबै विकेट गुमाउँदै १९१ रनको योगफल बनायो । युएईका मुहम्मद वासिमले सर्वाधिक ५० रन बनाए । यसैगरी अलिशान सराफुले ३५, वृत्य अरविन्दले २५, बसिल हमीदले २४ तथा चन्दनगपोइल रिजवानले २४ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका ललित राजवंशी र सोमपाल कामीले समान ३-३ विकेट लिए । यसबाहेक करण केसी, गुल्शन झा, दिपेन्द्र सिह ऐरी तथा कुशल भुर्तेलले समान १-१ विकेट हात पारे । १९२ रनको विजय लक्ष्य भेट्न नेपालले केही बेरमा जवाफी ब्याटिङ शुरु गर्नेछ ।