
काठमाडौं, ३० कात्तिक । काठमाडौंमा जारी दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले संयुक्त अरब इमिरेटस (युएई)लाई ३ विकेटले पराजित गरेको छ । युएईले जितका लागि दिएको १९२ रनको लक्ष्य १३ बल बाँकी छँदै पूरा गर्दै नेपालले ३ खेलको सिरिज १-१ को बराबरी बनाएको हो ।
नेपाललाई जित दिलाउने क्रममा गुल्शन झाले सर्वाधिक ३७ रन, कुशल भुर्तेलले ३५ रन, आरिफ शेखले अविजित ३३ तथा सोमपाल कामीले अविजित १६ रनको महत्वपूर्ण योगदान गरे । पहिलो ओडीआईमा अर्धशतकीय योगदान दिएका अर्जुन साउदले आज रनको खाता खोल्न सकेनन् । यसबाहेक कप्तान रोहित पौडेलले ८ तथा आसिफ शेखले ६ रन मात्र बनाउन सके । ज्ञानेन्द्र मल्लले २६ रनको योगदान दिए भने दिपेन्द्र सिंह ऐरी १३ रन बनाएर आउट भए ।
बलिङतर्फ युएईका रोहन मुस्तफाले ३ तथा हजरत बिलालले २ विकेट लिए । यसैगरी बसिल हमीदले १ विकेट हात पारे । पहिलो ओडीआईमा शानदार बलिङ गरेर नेपाली ब्याट्सम्यानलाई अप्ठेरो पारेका आयान अफ्जल खान आज भने विकेटविहीन रहे । उनले १० ओभरमा ३ मेडन राख्दै ३३ रन दिए भने कुनै विकेट लिन सकेनन् ।
यसअघि कीर्तिपुरस्थित त्रिवि किकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमध्ये ४३.२ ओभरमा सबै विकेट गुमाउँदै १९१ रनको योगफल बनाएको थियो । युएईका मुहम्मद वासिमले सर्वाधिक ५० रन बनाए । यसैगरी अलिशान सराफुले ३५, वृत्य अरविन्दले २५, बसिल हमीदले २४ तथा चन्दनगपोइल रिजवानले २४ रनको योगदान दिए ।
बलिङतर्फ नेपालका ललित राजवंशी र सोमपाल कामीले समान ३-३ विकेट लिए । यसबाहेक करण केसी, गुल्शन झा, दिपेन्द्र सिह ऐरी तथा कुशल भुर्तेलले समान १-१ विकेट हात पारे ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




