
काठमाडौं, २ मंसिर । एक दिवसीय श्रृङ्खलाको निर्णायक खेलमा ६ विकेटको जित निकाल्दै नेपालले युएईविरुद्ध उपाधि हात पारेको छ । आशिफ शेख र ज्ञानेन्द्र मल्लको शानदार अर्धशतकसँगै नेपालले युएईसँगको शृंखला जितेको हो ।
त्रिवि मैदानमा गत सोमबार सम्पन्न शृंखलाको पहिलो खेलमा ८४ रनले पराजित भएको नेपालले बुधबार भएको दोस्रो खेल ३ विकेटले जितेको थियो । आजको खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले युएईलाई १७६ रनमा रोकेको थियो ।
नेपाललाई उपाधि जिताउने क्रममा आशिफ शेखले अविजित ८० रन तथा ज्ञानेन्द्र मल्लले ६४ रनको महत्वपूर्ण योगदान गरे । ११९ बल खेलेका शेखले १२ चौकाको मद्दतले ८० रन बनाए । यसैगरी ज्ञानेन्द्र मल्लले ७३ बल खेल्दै ७ चौका र ३ छक्काको मद्दतले ६४ रन जोडे । कप्तान रोहित पौडेल १० रनमा र अर्जुन साउद ९ रनमा आउट भए ।
बलिङतर्फ युएईका अयाज खान र हजरत बिलालले समान १-१ विकेट लिए भने बाँकी २ विकेट रन आउटका रुपमा आएका थिए । कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरी रन आउट भएका थिए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १७६ रनको योगफल बनाएको थियो । युएईका लागि अयान अफजल खानले अविजित रहँदै ५४ रनको अर्धशतकीय पारी खेले । हजरत विलालले अविजित २० रन बनाए ।
यस्तै अलिशान शराफुले ३३ रन बनाए भने रोहन मुस्तफाले २४ तथा मुहमद वासिमले ११ रन बनाए । नेपालका गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले २-२ विकेट लिए । त्यस्तै सोमपाल कामी र ललित राजवंशीले १-१ विकेट लिएका थिए ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




