
कतार, १५ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज ४ वटा खेलहरु हुनेछन् । यी ४ खेलमध्ये समूह ‘ई’ र समूह ‘एफ’ का २-२ खेल रहेका छन ।
समूह एफ का शुरुश्वाती २ खेलमा क्रोएसिया र बेल्जियम तथा क्यानडा र मोरक्कोबीच प्रतिस्पर्धा हुँदै छ । यो समूहमा क्रोएसिया र मोरक्को समान ४-४ अंकसहित शीर्ष दुई स्थानमा छन् । त्यसपछि बेल्जियम ३ अंकसहित तेस्रो नम्बरमा छ । क्यानडा हालसम्म अंकविहीन छ । समूह एफका २ खेलहरु नेपाली समय अनुसार बेलुका पौने ९ बजेदेखि सुरु हुनेछ ।
यसैगरी आजै हुने अन्य २ खेलमा समूह ‘ई’ मा रहेका जापान र स्पेन तथा कोस्टारिका र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ । समूह ई का यी २ खेल भने नेपाली समयअनुसार राति पौने १ बजेदेखि सुरु हुनेछ । यी २ खेलबाट समूह ‘ई’ बाट अन्तिम १६ मा पुग्ने २ देशको टुङ्गो लाग्नेछ ।
समूह ई मा स्पेन ४ अंक सहित शीर्ष स्थानमा छ । यस्तै जापान र कोस्टारिकाले समान ३-३ अंक बनाएका छन् । जर्मनीको हालसम्म १ अंक मात्र छ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




