कर्पोरेट

प्राधिकरणको नाफा रु १२ अर्ब ३३ करोड, सेयर बिक्रीको तयारी

काठमाडौं, २५ साउन । नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०७९/८० को अपरिष्कृत वित्तीय विवरणअनुसार रु १२ अर्ब ३३ करोड बराबरको नाफा कमाएको छ । आर्थिक वर्ष २०७७/७८ मा रु छ अर्ब १० करोड रहेकामा आव २०७८÷७९ मा खुद नाफा फेरि बढेर रु १३ अर्ब ३७ करोड पुगेको थियो । गत आवमा सुक्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् केन्द्रहरूको विद्युत् उत्पादनमा ह्रास आउँदा आन्तरिक माग धान्न विद्युत् आयात केही बढ्दा नाफा प्रभावित भएको… पुरा पढौ

मल्टीपर्पस फाइनान्सले हकप्रद सेयर बिकीमा ल्याउने

काठमाडौं, २५ साउन । मल्टीपर्पस फाइनान्सले हकप्रद सेयर बिकीमा ल्याउने भएकाे छ । फाइनान्सले भदौ १० गतेदेखि हाल कायम रहेकाे चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद बिक्रीमा ल्याउने भएकाे हाे । फाइनान्सका अनुसार १०० कित्ता बराबर नयाँ ३५ कित्ता सेयर निष्काशन गरिने भएकाे छ । हाल कायम रहेकाे चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशतले १५ करोड ८२ लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरकाे १५ लाख ८२ हजार कित्ता जारी हुनेछ । सेयर निष्काशनकाे प्रयोजनका लागि फाइनान्सले साउन… पुरा पढौ

देशमा ९८ प्रतिशत घरधुरीमा पुग्यो स्वच्छ ऊर्जाको पहुँच

काठमाडौं, २४ साउन । सरकारको स्पष्ट दृष्टिकोण तथा लगानीका कारण मुलुकभित्र विद्युत् विस्तार र स्वच्छ ऊर्जाको पहुँचमा उल्लेखनीय प्रगति भएको छ । आर्थिक वर्ष २०६२/६३ मा कूल विद्युत्को पहुँच २४ प्रतिशत बराबर रहेकामा आव २०७९/८० को अन्त्यसम्म आइपुग्दा ९८ प्रतिशत घरधुरीमा स्वच्छ ऊर्जाको पहुँच पुगेको छ । आव २०६२/६३ मा १२ लाख ८० हजार विद्युत्का ग्राहक रहेकामा हाल त्यो बढेर ७५ लाख बराबर पुगेको छ । आव २०७९/८० को अन्त्यसम्ममा मुुलुकको कूल ९८ प्रतिशत घरधुरीमा स्वच्छ ऊर्जाको पहुँच पुगेको छ… पुरा पढौ

प्राविधिक शिक्षाका लागि लर्डवुद्ध एजुकेशन र हिमालयन लाईफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं,२४ साउन। मुलुकभित्रै प्राविधिक व्यावसायिक शिक्षा र सीपयुक्त रोजगारी सिर्जना गर्न लर्ड बुद्ध एजुकेशन फाउण्डेशन र हिमालयन लाईफ इन्स्योरेन्स कम्पनीले सहकार्य गर्ने भएका छन् । सीपयुक्त रोजगारीको बढ्दो मागलाई सम्बोधन गर्न एवं व्यावसायिक एवं प्राविधिक शिक्षा उपलब्ध गराउनका लागि फाउण्डेशन र इन्स्योरेन्स कम्पनीबिच सहकार्य गर्ने सहमति भएको हो । सहमति पत्रमा फाउण्डेसनका अध्यक्ष पङ्कज जलान र कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले हस्ताक्षर गरेका छन। लर्ड बुद्ध एजुकेशन फाउण्डेशनमा सूचना प्रविधि तथा व्यवस्थापन विषयमा स्नातक तह र… पुरा पढौ

शेयरप्रो सेक्यूरिटीजकाे डिम्याट खाता तथा मेरो शेयर सदस्यतामा छुट

काठमाडाैं, २४ साउन। हालैमात्र स्थापित शेयर दलाली सेवा प्रदान गर्ने कम्पनि शेयरप्रो सेक्यूरिटीज प्रालिले आफ्ना नयाँ ग्राहकहरुलाई लक्षित गरेर आकर्षक छुट याेजना ल्याएकाे छ। ग्राहकहरुको सन्तुष्टिप्रतिको आफ्नो प्रतिबद्धता अन्तर्गत ग्राहकहरुलाई लक्षित गरी कम्पनीले पहिलाे ३ सय ६५ जना नयाँ ग्राहकहरुलाई डिम्याट खाता तथा मेरो शेयर सदस्यतामा शतप्रतिशत छुटको योजना ल्याएकाे हाे। यस योजना अन्तर्गत पहिलो ३६५ जना ग्राहकले निःशुल्क डिम्याट खाता तथा मेरो शेयर सदस्यता लिई कारोबार गर्न सक्नेछन । धितोपत्र बजारमा रुची राख्ने जो कोहि व्यक्तिले यो योजनामा सहभागी… पुरा पढौ

सिटिजन्स सुपर ३० म्युचुअल फण्डकाे इकाई स्टक एक्सचेन्जमा सूचीकृत

काठमाडाैं, २४ साउन । सिटिजन्स सुपर ३० म्युचुअल फण्डकाे इकाई नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएकाे छ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड कोष प्रबर्धक रहेको र सिटिजन्स क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन भईरहेको बन्दमुखी योजना सिटिजन्स सुपर ३० म्युचुअल फण्डको ७,५०,७२,३९० इकाईहरु यहि साउन २३ गते नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको हाे । नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ लगाएतका पदाधिकारीहरुको उपस्थितिमा सूचिकरण सम्बन्धी कार्यक्रम… पुरा पढौ

सेवा व्यापार व्यवस्थित बनाउन विद्युतीय व्यापार विधेयक: सचिव मधुकुमार मरासिनी

काठमाडौं, २४ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले सूचना प्रविधिको माध्यमबाट हुने वस्तु वा सेवाको व्यापारलाई व्यवस्थित बनाउन विद्युतीय व्यापार विधेयक–२०८० ल्याइएको स्पष्ट पारेका छन् । सङ्घीय संसद्, विधायन व्यवस्थापन समितिको आज बसेको बैठकको विद्युतीय व्यापार विधेयक–२०८० माथि छलफलमा सचिव मरासिनीले विधेयक विद्युतीय व्यापारलाई नियमन गरी व्यवस्थित र विश्वासनीय बनाउन आएको बताए। उनले भने, “विधेयक विद्युतीय व्यापारलाई व्यवस्थापनका लागि आएको हो, विस्थापनका लागि होइन । विद्युतीय व्यापारले उपभोक्ता माँझ विश्वासनियता बढाइ उपभोक्ताका साथै व्यापारीलाई प्रवर्द्धन गर्छ… पुरा पढौ

नेपाललाई चिनियाँ लगानी र पर्यटकको मुख्य गन्तव्य बनाउन उद्योग वाणिज्य महासङ्घ अध्यक्ष ढकालकाे आग्रह

काठमाडौं, २३ साउन । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङ्बीच आज भेटवार्ता भएको छ । उक्त भेटवार्तामा महासङ्घ अध्यक्ष ढकालले नेपाल चिनियाँ लगानी र पर्यटनको मुख्य गन्तव्य बन्न सक्ने र नेपालको उत्पादनमूलक क्षेत्र, ऊर्जा, पर्यटन पूर्वाधारलगायतका क्षेत्रमा विदेशी लगानीको राम्रो सम्भावना रहेकोतर्फ राजदूत सोङ्को ध्यानाकर्षण गराएको महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पर्यटन प्रवद्र्धनका लागि चीनका मुख्य सहरबाट नेपालका सबै अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान आवश्यक रहेकोसमेत बताए । साथै अध्यक्ष ढकालले चिनियाँ… पुरा पढौ

रिलायबल नेपाल लाइफको आजदेखि आईपीओ खुल्ला

काठमाडौं, २३ साउन । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आजदेखि प्रिमियममा आईपीओ निष्काशन गरेकाे छ।इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको बताएकाे छ। इन्स्योरेन्सले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो।… पुरा पढौ

नेपाल लाइफ इन्स्योरेन्सको बिजनेस एक्सिलेन्स कन्फ्रेन्स्

काठमाडाैं, २२ साउन । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ दिवसीय बिजनेस एक्सिलेन्स कन्फ्रेन्स सम्पन्न भएको छ । चितवनको सौराहामा श्रावण १५ देखि १७ गतेसम्म चलेको कन्फ्रेन्स “ पराक्रमी गति आक्रामक नीति” नाराका साथ सम्पन्न भएको हो । उक्त सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिंगमा कार्यरत् २३० भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो । पानसमा दीप प्रज्वलन गरी कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवाल, संचालक कृष्ण राज लामिछाने , शक्ति कुमार गोल्यान र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा… पुरा पढौ