कर्पोरेट

टेरामोक्स कल ट्यापिङ गर्न होइन, सेवाको गुणस्तर सुधार गर्न हो : अध्यक्ष खनाल

काठमाडौं, ५ भदौ । दूरसञ्चार सेवालाई विश्वासिलो, गुणस्तरीय र भरपर्दो बनाउने उद्देश्यले नेपाल दूरसञ्चार प्राधिकरणले ल्याएको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रण्ड कन्ट्रोल सिस्टम (टेरामोक्स) कार्यान्वयनमा सेवाप्रदायक टेलिकम कम्पनीहरूले आनाकानी गरेका छन् । कम्पनीहरूले कार्यान्वयनमा रुचि नदेखाएपछि रु तीन अर्बभन्दा बढी खर्चेर ल्याइएको उक्त प्रविधि हाल कार्यान्वयनमा आउन सकेको छैन । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार एनसेलका तीनवटा डाटा सेन्टरमा उक्त प्रविधि जडान भए पनि कार्यान्वयनमा आएको छैन भने नेपाल टेलिकमले उक्त प्रविधि जडानमा रुचि देखाएको छैन । नेपालका… पुरा पढौ

हवाई उडान सुरक्षित र भरपर्दो बनाइनुपर्नेमा विज्ञहरूको जोड

काठमाडौँ, ५ भदौ । मुलुकको हवाई उडानलाई थप सुरक्षित, भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले १०औँ संस्करणको ‘एभिएसन सेफ्टी क्याम्पेन’ सुरु भएको छ । वायु सेवा सञ्चालक सङ्घ नेपालले आयोजना गरेको चारदिने क्याम्पेनमा सुरक्षा प्रणाली सुधारका लागि सैद्धान्तिक र व्यावहारिक ज्ञान आदानप्रदान गरिने छ । कार्यक्रमको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले हवाई उडानलाई सुरक्षित बनाउन सुरक्षा व्यवस्थापन प्रणालीलाई चुस्त र प्रभावकारी बनाउन सबै संयन्त्र सक्रिय रहेको बताए। हवाई उडान मुलुकको अर्थतन्त्रसँग मात्रै नभई ‘कनेक्टिभिटी’ को… पुरा पढौ

जीईएफको सभामा भाग लिन अर्थमन्त्री डा महत क्यानडा प्रस्थान

काठमाडौं, ४ भदौ। अर्थमन्त्री डा. प्रकाशशरण महत क्यानडा प्रस्थान गरेका छन् । क्यानडामा आयोजना हुने ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ)को ७औँ सभामा भाग अर्थमन्त्री महत हिजाे राति ९.३० मा क्यानडा प्रस्थान गरेका हुन्। अर्थमन्त्रीसँगै अर्थमन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख उत्तरकुमार खत्री र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि क्यानडा गएका छन् । यस्तै वन तथा वातावरण मन्त्रालयका उपसचिव ज्ञानेन्द्रकुमार मिश्र र अर्थमन्त्रालयकै उपसचिव तथा अर्थमन्त्रीका निजी सचिव युगराज पाण्डे पनि टोलीमा सहभागि छन् । अर्थमन्त्री महतले उक्त सभामा… पुरा पढौ

सन नेपाल लाइफकाे आईपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडौं, ४ भदाै । सन नेपाल लाइफ इन्स्योरेन्सकाे सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन हाे । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि साउन ३२ गतेदेखि सेयर खुलाएकाे थियाे । यसअघि इन्स्योरेन्सले वैदेशिक रोजगारमा गएकाहरुकाे लागि सेयर खुलाएर बाँडफाँड पनि गरिसकेकाे छ । कम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले रुपैयाँ ९६ करोड बराबरको ९६ लाख कित्ता साधारण सेयर निष्काशनकाे स्वीकृति लिएकाे थियो। ९ लाख ६० हजार कित्तामा प्रतिकित्ता १०० अंकित दरमा १३९ रुपैयाँ थपेर २३९ प्रतिकित्ता रुपैयाँमा वैदेशिक… पुरा पढौ

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्डकाे बढ्यो

काठमाडौं, ४ भदाैं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि ताेकेकाे विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ स्थिर रहेकाे छ। सोमबार १ अमेरिकी डलरको खरिददर १३२.६७ रुपैयाँ र बिक्रीदर १३३.२७ रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ। युरोपियन युरोको मूल्यमा भने सोमबार झिनो वृद्धि भएको छ। आइतबार एक युरोको खरिददर १४४.२५ र बिक्रीदर १४४.९० रुपैयाँ कायम थियो। तर आज खरिददर १४४.२७ र बिक्रीदर १४४.९२ रुपैयाँ पुगेको छ। बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि बढेको छ। सोमबार १ पाउण्ड स्टर्लिङको खरिददर १६८.९८ रुपैयाँ… पुरा पढौ

सिटिजन्स क्यापिटल र ठूलोखोला हाइड्राेपावर बीच शेयर निष्काशन सम्बन्धी सम्झौता

काठमाडाैं, ३ साउन । सिटिजन्स क्यापिटल लिमिटेड र ठूलोखोला हाइड्राेपावर लिमिटेड बिच साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता सम्पन्न भएकाे छ । उक्त सम्झौतामा ठूलोखोला हाइड्राेपावर लिमिटेडका तर्फबाट संचालक स्वेता अधिकारी पन्त तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा ठूलो खोला हाइड्राेपावर लिमिटेडको साधारण सेयरकाे सार्वजनिक निष्काशनकाे सम्पुर्ण कार्य गर्नेछ । ठूलोखोला हाइड्राेपावर लिमिटेडले निमार्ण गरिरहेको आयोजना “माथिल्लो ठूलाखोला ए जलविद्युत आयोजना” म्याग्दी जिल्लामा अवस्थित छ… पुरा पढौ

असोज १९ गतेदेखि बनेपा महोत्सव हुने

काभ्रे, ३ भदौ । काभ्रेपलाञ्चोकको बनेपामा व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेलाको आयोजना गरिने भएको छ । बनेपा ब्वाइज क्लबले पत्रकार सम्मेलन गरी आउँदो असोज १९ गतेदेखि १६ दिन उक्त मेलाको आयोजना गर्न लागिएको जनाएको छ । सम्मेलनमा जिल्लाको सुन्दर नगरी बनेपामा आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, विभिन्न कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकला प्रवर्द्धन, खेलकुद विकास गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको जानकारी दिइयो । क्लबका अध्यक्ष महेश कर्माचार्यले मेला ‘बनेपा महोत्सव–२०८०’ चौथो संस्करण भएको उल्लेख गर्दै मेलामा कृषि, घरेलु सामग्रीलगायतका… पुरा पढौ

अब १ करोडमाथिको कारोबारमा मासिक र सोभन्दा कममा चौमासिक भ्याट विवरण बुझाउनुपर्ने

काठमाडौँ, २ भदौ । करदाताले मूल्य अभिवृद्धि कर (भ्याट) दाखिला गर्नेसम्बन्धी साविकको व्यवस्थामा परिवर्तन भएको छ । नयाँ व्यवस्थाअनुसार वार्षिक १ करोडभन्दा बढीको कारोबार गर्ने कम्पनीले मासिक र वार्षिक १ करोडभन्दा कम कारोबार गर्ने कम्पनीले चौमासिकरूपमा भ्याट विवरण दाखिला गर्नुपर्ने आन्तरिक राजस्व विभागले जनाएको छ । “मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम २६ मा संशोधन भई साविकमा रहेको इँटा उद्योग, होटल, पर्यटन तथा चलचित्र उद्योगले चाहेमा विवरण पेस गर्ने अवधि चौमासिक कायम गर्न सक्नेछन् भन्ने व्यवस्था खारेज भएको छ”,… पुरा पढौ

निगमद्वारा दोस्रोचरणको ‘टैंक ट्रक लकिङ’ शुभारम्भ

वीरगञ्ज, १ भदौ । नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्ज बाराले दोस्रो चरणको ‘टैंक ट्रक लकिङ’ सुरुआत गरेको छ । निगमको प्रादेशिक कार्यालयमा आज आयोजित कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सिङ्गल लोड गरिएको तीन ट्याङ्करमा टैंक ट्रक लकिङ लगाएर सो कार्यको शुभारम्भ गरे। डिपोदेखि पेट्रोल पम्पसम्म लिड सिल मात्र लगाएर पठाउँदै आएको निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले आजदेखि ट्याङ्करमा टैंक ट्रक लकिङ लगाएर पठाउन थालेको हो । ढुवानीका क्रममा हुने पेट्रोलियम पदार्थको चोरी नियन्त्रण गर्न र सुरक्षित… पुरा पढौ

प्रभु क्यापिटलका हितग्राही खाताका ग्राहकलाइ टोटल फिजिकल फिट्नेस सेन्टरमा छुट

काठमाडाैं, १ भदाै । प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राही ग्राहकहरुलाइ शारिरिक व्यायामको लागि टोटल फिजिकल फिट्नेस सेन्टरमा छुट हुने भएकाे छ। उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र टोटल फिजिकल फिट्नेस सेन्टरको तर्फबाट प्रबन्ध निर्देशक सुमन पण्डितले हस्ताक्षर गरेका हुन । क्यापिटलका ग्राहकहरुले उक्त सेन्टरमा सेवा लिदाँ २८ प्रतिशतसम्म छुट पाउनका साथै निशूल्क साउना कुपन पाउने भएका छन् । यो योजनाबाट लाभ लिन हितग्राहीहरुले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटल लिमिटेडमा हितग्राही खाता रहेका जानकारी सहित… पुरा पढौ