विकास

मुग्लिन-पोखरा खडक पश्चिम खण्डः जामुनेमा कालोपत्र गरिँदै

दमौली (तनहुँ), १३ भदौ । मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) अन्तर्गत जामुने बजारमा कालोपत्र गर्न सुरु भएको छ । यो खण्डको ३९ किलोमिटरमध्ये ३६ दशमलव ८ किलोमिटर कालोपत्र भइसकेको छभने बाँकी खण्डमा धमाधम कालोपत्र भइहेको छ । मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) का प्रमुख कृष्ण कँुवरका अनुसार पश्चिम खण्डअन्तर्गत म्याग्देको मौरीओडार, शुक्लागण्डकीको दुलेगौडा, कास्कीको विजयपुल, पोखरा विश्वविद्यालय आसपास कालोपत्र गर्न बाँकी छ । यो खण्डका १२ मध्ये १० पुल निर्माण भएका छन्भने एक सय कल्भर्टमध्ये ९२ वटा कल्भर्ट पनि बनेका… पुरा पढौ

मुग्लिन-पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

दमौली (तनहुँ), ८ भदौ । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को चौथो पटक म्याद थप भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वीखण्डअन्तर्गत तनहुँको जामुनेदेखि आँबुखैरेनीसम्मको चौथो पटक म्याद थप गरेको हो । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार आगामी असोज २५ गतेसम्म म्याद थप भएको छ । यो खण्डको तेस्रो पटक थप भएको म्याद गत असार २९ गतेदेखि सकिएको थियो । पूर्वीखण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ दशमलव पाँच किलोमिटर खण्डमा चार लेनमा कालोपत्र… पुरा पढौ

ऊर्जामन्त्री खड्काद्वारा ढल्केबर सवस्टेशनको निरीक्षण

काठमाडौं, ६ भदौ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ढल्केवर सवस्टेशनको निरीक्षण गरेका छन् । धनुषा पुगेका मन्त्री खड्काले देशकै सबैभन्दा ठूलो अन्तरदेशीय प्रसारण लाइनको स्थलगत निरीक्षण गरे। निरीक्षणका क्रममा उनले सबस्टेशनबाट प्रवाह भइरहेको अन्तरदेशीय प्रसारण लाइनको अवस्थाबारेमा विस्तृत जानकारी लिए। ऊर्जामन्त्री खड्काले प्राधिकरणको कार्यक्षमता र सुधारका लागि आवश्यक पहल गर्न निर्देशन दिए। उनले विद्युत् आपूर्ति प्रणालीको सुरक्षा र विश्वसनीयता सुनिश्चित गर्न प्राथमिकता दिनुपर्ने बताए। उनले ढल्केबर विद्युत् सबस्टेशनको अवस्थाबारे थप जानकारी प्राप्त गरेपछि भविष्यमा आवश्यक नवीकरण र विस्तारका उपायहरूलाई… पुरा पढौ

नौबिसे-नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमाः प्रधानमन्त्री

काठमाडौं, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे-नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको बताएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले उक्त जानकारी दिएका हुन्। नौबिसे-नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ, यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुनेछ”, प्रधानमन्त्री ओलीले भने। उनका अनुसार हालसम्म सुरुङमार्गको भौतिक प्रगति ९३ प्रतिशत पुगेको छ । सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेसँगै सरकारले केही दिन अघि सुरुङमार्ग भएर आवतजावत गर्ने सवारीसाधनका लागि दस्तुर निर्धारण गरेको थियो । जसअनुसार सङ्घीय राजधानी… पुरा पढौ

बुटवल-नारायणगढ सडकको १ सय किलोमिटर खण्ड कालोपत्रे

नवलपरासी, १९ साउन । महेन्द्रराजमार्ग अन्तरगत बुटवल नारायणगढ सडकको १ सय १४ किलोमिटर खण्ड मध्ये एक सय किलोमिटर कालोपत्रे भएको छ । कहि दुबै तर्फ र कहीँ कहीँ एकतर्फी कालोपत्रेको काम सकिएको छ । बुटवल नारायणगढ सडक योजनाले दिएको जानकारी अनुसार कूल सडक मध्ये दाउन्नेमा साढे २ किलोमिटर सडक ढलान ( कंक्रिट) गरिएको छ । दाउन्नेको बर्दघाट नजिकतर्फ करिब ३ किलोमटिर सडक कालोपत्रे भएको छ । दुम्कीवास बर्दघाटको बिचमा पर्ने १४ किलोमिटर सडक खण्ड दाउन्ने पर्दछ । त्यहाँ फटाफट काम… पुरा पढौ

मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी, १९ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीबाट विद्युत् उत्पादन गर्न जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । कालीगण्डकी नदीमा निर्माण हुन लागेको यो पहिलो आयोजना हो । हाइड्रो सपोर्ट कम्पनीले ६६ दशमलब तीन मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माण थालेको हो । सिभिल ठेकेदार रसुवा–मल्टी जेभीले अन्नपूर्ण गाउँपालिका–२ नागढङ्गामा विस्फोटक पदार्थको प्रयोग गरेर गत हप्तादेखि चार हजार तीन सय १९ मिटर लामो सुरुङ निर्माण सुरु गरेको हाइड्रो सपोर्टका सञ्चालक चन्द्र ढकालले बताए। अडिटको दुरी चार… पुरा पढौ

नारायणघाट-बुटवल सडक आयोजनाको म्याद १ वर्ष थपियो

नवलपुर (नवलपरासी), १८ साउन । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व-पश्चिम राजमार्गअन्तर्गतको नारायणघाट–बुटवल सडक आयोजनाको म्याद एक वर्ष थप गरेको छ । तेस्रोपटक थपिएको म्याद सकिँदा सडक निर्माण ७० प्रतिशत मात्रै पूरा भएपछि विसं २०८३ साउन ७ गतेसम्मका लागि सडकको म्याद थप गरिएको हो । नारायणघाट–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले आयोजनाको चौथो पटक म्याद थपिएको बताए। “चौथोपटक थप भएको म्याद अन्तिम हो”, उनले भने, “निर्माण कम्पनीले यस अवधिमा सडक निर्माण पूरा गर्ने प्रतिबद्धता जनाएकाले म्याद… पुरा पढौ

तनहुँ जलविद्युत्मा पानीको सतहबारे सूचना दिने सेन्सर जडान

दमौली (तनहुँ), १५ साउन। तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माणस्थलमा पानीको सतहबारे सूचना दिने सेन्सर जडान गरिएको छ । आयोजनाले आपत्कालीन पूर्वतयारीका रूपमा सेती नदीमा पानीको सतह मापन, अस्थायी बाँधको सुरक्षाका लागि निरन्तर निगरानी र आपत्कालीन पूर्वतयारीलाई प्रभावकारी बनाउन पानीको सतह मापन गर्न सेन्सर जडान गरिएको हो । सेन्सर जडान गर्नुको मुख्य उद्देश्य मनसुनको बाढीबाट अस्थायी बाँध भत्किन सक्ने जोखिम न्यूनीकरण गर्नु रहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए। आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य योजनाअन्तर्गत… पुरा पढौ

सिरहाका किसानको आशाः कमला र खुट्टीखोला नहर

सिरहा, १५ साउन। भर्खरै रोपाइँ सकिएको छ, तर कर्जन्हा–१ का श्यामलाल यादवका आँखाले अझै आकाश नियाल्न छोडेका छैनन् । रोपिएको बीउ हरियो भएर पलाउँछ वा पानी नपाएर पहेँलिन्छ ! उहाँ ढुक्क हुन सकिरहनुभएको छैन । लामो समयको खडेरीले कमला नहरको कुलोमै पानी सुक्ला कि भन्ने शङ्का उहाँको मनमा गडेर बसेको छ । “नहरको पानीले खेत भरिन्छ भन्ने आशा छ, तर कहिलेकाहीँ नहर सुकेको देख्दा मन अमिलो सुक्छ” उहाँ भन्नुहुन्छ । नहरले धोका पो दिन्छ कि भन्ने डर उहाँमा मात्रै होइन,… पुरा पढौ

रु ४ करोड ३८ लाखको लागतमा निन्दा नदीमा झोलुङ्गे पुल निर्माण

झापा, १२ साउन । मेचीनगर–१५ ज्यामिरगढीस्थित निन्दा नदीमा रु चार करोड ३८ लाखको लागतमा झोलुङ्गे पुल निर्माण भएको छ । सहरी विकास मन्त्रालयले निर्माण गरेको उक्त पुल ३५० मिटर लामो र पाँच फिट चौडाइको छ । पुलले विचार्नी बजारलाई हेल्दुबारीसँग जोडेको छ । उक्त स्थानमा पुल नहुँदा वर्षौदेखि ज्यामिरगढीका बासिन्दा विचानी–हेल्दुबारी ओहोरदोहोर गर्न बर्खा याममा पाँच किलोमिटरभन्दा टाढा घुम्नुपर्ने बाध्यता थियो । पुल निर्माणका लागि मेचीनगर नगरपालिका र थानी कन्स्ट्रक्सन प्रालि काठमाडौँबीच विसं २०७९ असार २२ गते ठेक्का सम्झौता भएको… पुरा पढौ