विकास

सडक विभागले तीन हजार किमी सडक आवधिक मर्मत गर्ने

काठमाडौं, १२ मंसिर । सडक विभागले देशभरका मुख्य राजमार्गमा तीन हजार ३०० किमी सडकमा आवधिक मर्मतको काम गर्ने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा देशभरका मुख्य सडक ९कोर रोड नेटवर्क० मा मर्मत गर्न लागिएको हो । आगामी पाँच वर्षमा मर्मत गरिसक्ने गरी सम्झौता भएको विभागले जनाएको छ । सवारी साधनको चाप बढी भएका सडकमा मर्मत गर्न लागिएको विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताए । उनका अनुसार पूरै बिग्रिएर पुनःस्थापना गर्ने सडकभन्दा पनि निर्माण भएको केही वर्ष भएकाले मर्मत चाहिने सडक… पुरा पढौ

मुख्यमन्त्री गुरुङद्वारा एकैदिन ३ वटा पुलको शिलान्यास

कास्की, १० मंसिर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले एकैदिन आज कास्कीको मादी गाउँपालिकामा इदी खोला, मकैखोला र वार्दी खोलामा ३ वटा मोटरेवल पुलको शिलान्यास गरेका छन् । कास्कीको मादी गाउँपालिकाको इदीखोलाकाे मोटरबेल पुल ४ करोड ४२ लाखको लागतमा बन्न लागेकाे हाे । उक्त पुलकाे निर्माण २०७८ साल साउन २१ गतेभित्र सम्पन्न गरिसक्ने याेजना रहेकाे छ । पुल ३१ दशमलव २ मिटर लम्बाइको हुनेछ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय कास्कीले प्रिस्ट्रेस्ड बिम प्रविधिबाट… पुरा पढौ

चक्रपथ दोस्रो खण्ड विस्तारः खाली गर्ने काम ९७ प्रतिशत

काठमाडौं, ८ मङ्सिर। चक्रपथको दोस्रो खण्ड कलङ्की– धोबीखोला (गोपीकृष्ण हल नजीकसम्मको सडक) विस्तारका लागि निर्माणस्थल खाली गर्ने काम ९७ प्रतिशत सकिएको छ । चीन सरकारले निर्माण शुरु गर्नु पहिले निर्माणस्थल खाली गरिसक्ने गरी सडकको अधिकार क्षेत्रमा रहेका संरचना हटाउने काम भइरहेको छ । सडकखण्डमा रहेका १९ घर हटाउने काम सबैभन्दा कठिन रहेको छ । तीमध्ये अहिलेसम्म आठ घरका घरधनी सम्पर्कमा आएको काठमाडौं चक्रपथ सडक योजनाका प्रमुख अर्जुन सुवालले बताए । उनका अनुसार ती घरको मुआब्जा निर्धारणका लागि बनेको उपसमिति दशैं… पुरा पढौ

चक्रपथ दोस्रो खण्ड विस्तारः खाली गर्ने काम ९७ प्रतिशत

काठमाडौं, ८ मंसिर । चक्रपथको दोस्रो खण्ड कलङ्की– धोबीखोला (गोपीकृष्ण हल नजीकसम्मको सडक) विस्तारका लागि निर्माणस्थल खाली गर्ने काम ९७ प्रतिशत सकिएको छ । चीन सरकारले निर्माण शुरु गर्नु पहिले निर्माणस्थल खाली गरिसक्ने गरी सडकको अधिकार क्षेत्रमा रहेका संरचना हटाउने काम भइरहेको छ । सो सडकखण्डमा रहेका १९ घर हटाउने काम सबैभन्दा कठिन रहेको छ । तीमध्ये अहिलेसम्म आठ घरका घरधनी सम्पर्कमा आएको काठमाडौँ चक्रपथ सडक योजनाका प्रमुख अर्जुन सुवालले बताए । उनका अनुसार ती घरको मुआब्जा निर्धारणका लागि बनेको… पुरा पढौ

रघुगङ्गाका तीन वडा जोड्ने सडक आयोजना शुरु

म्याग्दी, ४ मङ्सिर । म्याग्दीको रघुगङ्गा गाँउपालिकाको केन्द्र मौवाफाँटदेखि दर्मिजा, चिमखोला र कुइनेमङ्गले जोड्ने सडक आयोजना निर्माण शुरु भएको छ । जिल्लाकै जोखिमयुक्त मानिने दग्नामको अजिङ्गर भिर छिचोलेर भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने कुइनेमङ्गलेलाई सडक सञ्जालमा जोड्न आयोजना शुरु गरिएको हो । गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले चिमखोला र कुइनेमङ्गमा निर्माणाधीन जलविद्युत् आयोजना र प्रदेश सरकारसँगको साझेदारीमा अक्करे भिरमा चट्टानी पहाड फुटाएर दुर्गम गाउँलाई सडक सञ्जालमा जोड्न लागिएको बताए । “अजिङ्गर भिरमा सडक खन्न यो वर्ष गाउँपालिकाले रु एक करोड… पुरा पढौ

सडक र मोटरेबल पुल अलपत्र

म्याग्दी, २९ कात्तिक । ठेकेदार सम्पर्कमा नाआएपछि म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा निर्माणाधिन सडक र मोटरेबल पुल अलपत्र परेको छ । सकिनुपर्ने समयमा आधा पनि भौतिक प्रगति भएको छैन् । गलेश्वरमा अलपत्र परेको मोटरेबल पुल र सडक उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरीडोर अन्तरगत बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगतका हुन् । बेनी नगरपालिका र रघुगंगा गाउँपालिकको सिमानामा पर्ने राहुघाट नदीमा ओपन फाउण्डेशन प्रिस्टेड प्रविधिको पुल बनाउन कालिका–गजुरमुखी र गलेश्वर बसपार्क देखि पुल निर्माण स्थलसम्मका सडक कालोपत्रे गर्न गजुरमुखी निर्माण कम्पनीले ठेक्का लिएको थियो… पुरा पढौ

कृषि सडकले खुशीयाली

बनेपा, २९ कात्तिक । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिका वडा नं. ९ मा कृषि सडक निर्माण भएको छ । रातोचौंर–च्यानडाँडा–केउरेनी कृषि सडकको गाउँपालिका अध्यक्ष दिननाथ गौतमले उद्घटान गरे । गाउँपालिकाको करिब ८ लाख बजेटमा निर्माण भएको उक्त सडकले स्थानीयवासीलाई निकै सहज बनाएको छ । सो सडकले वडाबाट गाउँपालिका केन्द्र र मध्यपहाडी लोकमार्ग समेत जोडेको छ । यसले आवागमनमा सहज बनाएको भन्दै स्थानीयवासीमा खुशीयाली छाएको छ । गाउँपालिका अध्यक्ष गौतमले निर्वाचनमा आफूहरुले स्थानीय जनतासँग गरेको प्रतिबद्धता अनुरुपको काम पूरा हुँदै गएको बताए… पुरा पढौ

सेतीखोलामा पक्की पुल निर्माण शुरु

पर्वत, २८ कात्तिक । दक्षिण पर्वतको पैंयु गाउँपालिका—४ हुवासमा पर्ने सेतीखोलामा पक्की पुल निर्माण शुरु भएको छ । स्थानीय गल्छिना घाटमा निर्माण गर्न लागिएको पुलको काम यसै सातादेखि शुरु भएको हो । पुल निर्माणका लागि रु चार करोड १४ लाख ५५ हजार ३८४ रुपैयामा सम्झौता भएको छ । विसं २०७७ जेठ ४ गते सम्झौता भएपनि झण्डै कोभिड–१९ का कारण झण्डै पाँच महिनापछि शुरु भएको छ । पुल २०७८ मङ्सिर ४ सम्म सम्पन्न गर्नुपर्ने अवधि रहेको छ । पुलको लम्बाई ३५… पुरा पढौ

सामग्री अभावले रोकियो गौशाला–चाबहिल सडक निर्माण

काठमाडौं, २८ कात्तिक । निर्माण सामग्री अभावका कारण गौशाला–चाबहिल सडक निर्माण अवरुद्ध हुन पुगेको छ । कात्तिक मसान्तसम्म कालोपत्रको योजना बनाइएको भए पनि गोदावरी नगरपालिकाको लेलेमा रहेका ढुङ्गाखानी तत्कालका लागि बन्द हुँदा सडक निर्माण गर्न नसकिएको हो । निर्माण सामग्री उपलब्ध हुँदा हिजोआज नै सम्पन्न भइसक्ने भए पनि अभाव हुँदा काम रोकिएको डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख कुबेर नेपालीले बताए । उनका अनुसार लेलेस्थित ढुङ्गा रोडा उद्योगमा आवश्यक सामग्री तयारी भइसकेको थियो । ती सामग्री ल्याउन प्रयास गरिए पनि प्रशासनले… पुरा पढौ

बिकास आयोजना अनुगमनमा सांसद भट्टराई

पोखरा ,२६ कार्तिक। प्रतिनिधिसभा सदस्य बिद्या भट्टराईले कास्की निर्बाचन क्षेत्र-२ मा संचालित विभिन्न बिकास आयोजनाहरुको निरीक्षण गरेकी छन । भट्टराईले आफ्नो निर्बाचन क्षेत्रमा संघीय ,प्रदेश तथा स्थानिय सरकारबाट संचालित आयोजनाको अनुगमन गरेकी हुन । सो क्रममा भट्टराईले संचालित योजनाका कार्यप्रगति र गुणस्तरको अनुगमन गर्दै स्थानिय अगुवा ,समाजसेवि ,उपभोक्ता र जनताहरुसंग साक्षात्कार समेत गरेकी छ्न। यसैबिच उनले बुधबार पोखरा ३३ भरत पोखरि पुगेर निर्माणाधीन चिसापानी, सिँगारेबास, टक्सार सडकको अबलोकन गरेकी छन। उक्त सडक अन्तर्गत गैह्रागाउ जामुनावोट सडक खण्ड संघिय सरकारको दुइ… पुरा पढौ