विकास

दुई वर्षमा कालोपत्र हुनुपर्ने सडक सात वर्षसम्म पनि भएन

ढोरपाटन (बागलुङ), २३ वैशाख । दक्षिण बागलुङको ‘लाइफलाइन’ का रुपमा रहेको कुश्मीसेरा–बरेङ–शान्तिपुर सडकको पहिलो खण्ड कालोपत्र नहुँदा यस क्षेत्रका हजारौँ नागरिकले सास्ती खेप्नुपरेको छ । पहिलो खण्डमा पर्ने कुश्मिसेरा–राङ्खानी खण्डको १० किलोमिटर सडक निर्माण कम्पनीको ढिलासुस्तीका कारण कालोपत्र हुन नसकेको हो । विसं २०७६ असोजमा २४ गते शर्मा÷क्याराभान जेभीले दुई वर्षमा सक्ने गरी जिम्मा पाए पनि अहिलेसम्म कालोपत्र नगर्दा यात्रा र सामान ढुवानीमा समस्या भएको छ । विसं २०७८ असोजसम्म कालोपत्र गरिसक्नुपर्ने सडक हालसम्म जम्मा ७८ प्रतिशत काम सकिएको छ… पुरा पढौ

नारायणगढ-बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलान सकियो

त्रिवेणी (नवलपरासी), १९ वैशाख। नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा सडकको एकतर्फी ढलानको काम सकिएको छ । आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्नेमा एकतर्फी ढलानको काम सम्पन्न भएको हो । पूर्वी खण्डमा दाउन्ने करिब चार किलोमिटर पर्नेमा एकतर्फी रूपमा ढलानको काम सकिएको उहाँले बताउनुभयो । एकतर्फी ढलानको काम सकिएको र अब चाँडै उक्त क्षेत्रमा पक्की सडकबाटै यातायात सञ्चालन हुनेछन् । दाउन्नेमा ढलानको काम नसकिँदा सामान्य वर्षा हुँदा सवारी जामको समस्या भोग्दै आउनु परेको थियो ।… पुरा पढौ

चक्रपथ विस्तारको दोस्रो चरणका लागि नेपाल र चीनबीच ११ अर्बको सम्झौता

काठमाडौं, १६ वैशाख । काठमाडौं चक्रपथ विस्तार आयोजनाको दोस्रो चरणअन्तर्गत कलंकीदेखि बसुन्धारासम्मको सडक निर्माणका लागि नेपाल सरकार र चीन सरकारबीच औपचारिक सम्झौता भएको छ। बुधबार आयोजित एक विशेष समारोहमा भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो। सम्झौताका मुख्य बुँदाहरू: विस्तार खण्ड: कलंकीदेखि बसुन्धारासम्मको ८.२ किलोमिटर सडक। चिनियाँ अनुदान: परियोजनाका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ उपलब्ध गराउने। पूर्वाधार: सडक विस्तारसँगै आवश्यक पुलहरूको निर्माण समेत चीनकै… पुरा पढौ

नारायणगढ-बुटवल सडक विस्तार : सडक सुरक्षाको काम जारी

त्रिवेणी (नवलपरासी), १६ वैशाख। नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सडक निर्माण सम्पन्न भएका स्थानमा सडक सुरक्षाको काम सुरु गरिएको छ । आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार हाल पूर्वी खण्डमा निर्माण सकिएका स्थानमा सडक सुरक्षासम्बन्धी काम भइरहेको छ । सडक सुरक्षाअन्तर्गत सडकमा सेतो र पहेँलो चिह्न बनाउने, बीचको डिभाइडरमा रङ लगाउने, मुख्य सडक र सहायक सडकबीच सिमेन्ट बार राख्ने तथा स्पिड लिमिटका चिह्नहरू जडान गर्ने काम भइरहेको छ । साथै, सडक छेउमा रेलिङ लगाउने, डब्लु–बिम राख्ने र डेलिनेटर पोल… पुरा पढौ

उच्च क्षमताका प्रसारण लाइन निर्माणमा सरकारको प्राथमिकतामा

काठमाडौं, १६ वैशाख। सरकारले उत्पादित बिजुलीलाई प्रमुख लोड सेन्टरहरुसम्म पु¥याउन, बढी भएको बिजुली क्षेत्रीय तथा उपक्षेत्रीय स्तरमा बिक्री वितरणका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने समयसीमा सार्वजनिक गरेको छ । प्रसारण लाइन निर्माणमा देखिएको बेथिती अन्त्य गर्ने, तोकिएको समय अगावै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ प्रक्रिया अगाडि बढाउने भएको हो । प्रसारण लाइन निर्माणमा देखिएको रुख कटानको समस्या समााधान गर्ने, मुआब्जा वितरणमा देखिएको जटिलता फुकाउने तथा लगानीको विविधकरण गर्ने कार्यक्रम निर्धारण गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले… पुरा पढौ

शिशुवा–खुदीखोला सडक उद्घाटन 

पोखरा, ११ वैशाख । पोखरा महानगरपालिका वडा नं.३० शिशुवादेखि शिसाघाटसम्मको सडक खण्ड अन्तर्गत शिशुवा–खुदीखोला सडकको उद्घाटन गरिएको छ । नेपाल सरकार, शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागको समन्वय तथा विश्व बैङ्कको आर्थिक सहयोगमा पोखरा महानगरपालिकामा सञ्चालित नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गत निर्मित उक्त सडकको नगर प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको हो ।  सो अवसरमा नगर प्रमुख आचार्यले पोखरा विकास साझेदारहरूको लगानी र परियोजना सञ्चालनका लागि प्राथमिकतामा रहेको बताउनुभयो । “हामी आइसकेपछि नेपालमा जति पनि विकास… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको प्रभाव दरवाङ-मुना-ढोरपाटन निर्माणमा

म्याग्दी, १० वैशाख । म्याग्दीको रणनीतिक महत्वको दरवाङ–मुना–ढोरपाटन सडक योजना निर्माण सुस्ताएको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धौलागिरिको केन्द्र मुना जोड्ने सडकलाई कालोपत्र र ढलान गरेर स्तरोन्नति गर्न गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारीमा सञ्चालित योजनाले गति नलिदा स्थानीयवासी चिन्तित भएका छन् । मध्यपहाडी लोकमार्गको बागलुङ–काँक्री खण्डको वैकल्पिक मानिएको म्याग्दीदेखि ढोरपाटन हुँदै पूर्वी रुकुम जोड्ने सडक निर्माण पछिल्लो एक महिनायता सुस्त बनेको धौलागिरि–३ मुनाका अगुवा बुद्धिमान शेरपुञ्जाले बताउनुभयो । “यस वर्ष रु २३ करोड बजेट भएको यस योजनाको हालसम्म… पुरा पढौ

विश्व बैंकको सहयोगमा निर्माणाधीन सडकमा ४३ प्रतिशत प्रगति

दमौली (तनहुँ), ८ वैशाख । विश्व बैंकको सहयोगमा स्तरोन्नति सुरु भएको व्यास नगरपालिकास्थित चार वडा जोड्ने सडकको काम ४३ प्रतिशत सकिएको छ । विसं २०८१ जेठदेखि सुरु भएको उक्त सडकमा हालसम्म ४३ प्रतिशत भौतिक प्रगति भएको व्यास नगरपालिकाले जनाएको छ । विश्व बैंकको सहयोगमा सहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाअन्तर्गत व्यास नगरपालिका–७, ९, १० र ११ जोड्ने पराशर मार्ग स्तरोन्नतिको काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो । व्यास नगरपालिकाको वडा नं ७, ९, १० र ११ लाई… पुरा पढौ

नारायणगढ बुटवल सडकको स्पिड लिमिट कती ?

नवलपरासी, ६ वैशाख । महेन्द्रराजमार्ग अन्तरगत बुटवल नारायणगढ सडक निर्माणको अन्तिम चरणमा छ । शुक्रवारसम्म राजमार्ग निर्माणको काम ८१ प्रतिशत सकिएको छ । यो देशकै लामो, फराकिलो र नयाँ सडक हो । समथर स्थानको राजमार्ग निर्माणको काम लगभग सकिएको छ । निर्माण सकिएको स्थानमा यो राजमार्गमा कति स्पिडमा गाडि हुइक्याउन पाइन्छ भन्ने कौतुहलता सबै चालकमा हुनु स्वभाविक हो । यो सडक आयोजना निर्देशनालयका प्रमुख इन्जिनियर चुडाराज ढकालका अनुसार यो राजमार्गको सिधा स्थानमा स्पिड लिमिट प्रति घण्टा ८० हुने छ ।… पुरा पढौ

मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

म्याग्दी, २२ चैत । यहाँको मङ्गला गाउँपालिका–३ बरङ्जामा मार्ग खुलेको १६ वर्षपछि स्तरोन्नति भएको छ । मङ्गला गाउँपालिका–३ र ४ नम्बर वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडकको पखेर–आलडाँडा खण्ड स्तरोन्नति भएको हो । गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत तीन किलोमिटर ५०० मिटर दूरीमा सडक ग्राभेल र ढलान गर्न आर्थिक वर्ष २०८०÷८१ देखि पखेर–बरङ्जा–३ र ४ हुँदै महेश–धापुङ–ताराखोला सडक योजना निर्माण सुरु गरेको थियो । निर्माण कम्पनीले विसं २०८१ असारमा रु पाँच करोड ८६ लाख तीन हजारमा… पुरा पढौ