शिक्षा

इ–प्लानेट भर्चुअल अष्ट्रेलियन एजुकेशन फेयर हुने

काठमाडाैं, १४ असोज । एजुकेशन प्लानेटले असोज १६ मा भर्चुअल प्रविधिद्वारा ‘इ–प्लानेट भर्चुअल अष्ट्रेलियन एजुकेशन फेयर’ मेला आयोजना गर्ने भएको छ । अष्ट्रेलियाका २० भन्दा बढी विश्वप्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरुको सहभागीता रहने मेलामा नेपाल लगायतका विभिन्न देशहरुबाट अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीहरु सहभागी भई प्रत्यक्ष लाभ लिन सक्ने कम्पनीका कार्यकारी निर्देशक नयन लामिछाने बताए । उनका अनुसार मेलाबाट विद्यार्थी तथा अभिभावकहरुले विश्वविद्यालयका प्रतिनिधिहरुसँग प्रत्यक्ष संवाद गर्न सक्ने छन् । विद्यार्थीहरुले आफ्नो शैक्षिक योग्यता अनुसारको छात्रवृत्ति, निशुल्क आवेदन तथा अन्य विशेष… पुरा पढौ

मैथिली भाषालाई विश्वव्यापी बनाउन एपको विकास

जनकपुरधाम, १४ असोज । एक जना अभियन्ताले मैथिली ‘टयुटर’ नामक एपको विकास गरी मैथिली भाषालाई विश्वव्यापी गरेका छन । बन्दाबन्दीका अवधिमा अभियन्ता अभिनव झाले सो एपको विकास गरी मैथिली भाषालाई विश्वव्यापी बनाउन सफल भएका हुन । अभियन्ता झा सप्तरी जिल्लाको राजविराज नगरपालिकाका हुन । अस्टेलियाको लाँट्रो विश्वविद्यालयबाट दूरसञ्चार र नेटवर्क इञ्जिनीयरिङमा एमई गरी भारतको एउटा कम्पनीमा कार्यरत झाले बन्दाबन्दीका कारण घरबाटै कार्य सम्पादनकाे क्रममा सो एपको विकास गरेका हुन । मैथिली टयुटर नामक एपबाट मैथिली भाषा सजिलै सिक्नसक्ने विशेषता रहेको… पुरा पढौ

कक्षा १२ को परीक्षा: विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषदमा

काठमाडौ, १४ असाेज । कोभिड– १९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना परीक्षा लिनसक्ने स्थिति नभएमा कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गर्ने वा परीक्षा नलिइ आन्तरिक मूल्याङ्कन र कक्षा ११ को प्राप्ताङ्कलाई ५०/५० प्रतिशत मानी प्रमाणीकरण गर्नेलगायत विकल्पसहित गत महिना सुझाव दिएको थियो । उक्त सुझाव शिक्षा, विज्ञान… पुरा पढौ

मध्यपश्चिम विश्वविद्यालयको रजिष्ट्रारमा डा.पौडेल नियुक्त

कर्णाली, १४ असोज । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राध्यापक ड.नारायणप्रसाद पौडेल नियुक्त भएका छन । विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट रजिष्ट्रार छनोट गरी नियुक्ति दिन गत असार २२ गते दरखास्त आह्वान गरेको थियो । दरखास्ता आह्वानबमोजिम १९ जनाको आवेदन परेको थियो । काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा सुरेशराज शर्मा नेतृत्वको तीन सदस्यीय छनोट समितिले आवेदकहरुको आवश्यक मापदण्डका आधारमा डा पौडेललाई छनोट गरेको थियो । उन्नाइस जनाबीचको प्रतिस्पर्धामा समितिले छनोट गरेका सह प्रा डा पौडेललाई रजिष्ट्रार नियुक्तिका लागि मप विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमक्ष सिफारिस… पुरा पढौ

दोर्दी गाउँपालिकामा आजदेखि पढाइ शुरु

लमजुङ, ११ असोज । लमजुङकाे दोर्दी गाउँपालिकाका विद्यालयमा आजदेखि पठनपाठन शुरू भएकाे छ । सरकारले ताेकेकाे स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पढाइ शुरु गरिएकाे हाे । लकडाउन तथा बन्दाबन्दिकाे कारण ६ महिनादेखि बन्द गाउँपालिकाका सबै विद्यालयमा पढाइ शुरू गरिएकाे गाउँपालिका शिक्षा शाखा अधिकृत भीमप्रसाद लामिछानेले बताए । लामिछानेले असोज ५ देखि प्रावि, निमावि र मावि तहका प्रधानाध्यापकहरूकाे तथा असोज ६ गते गाउँपालिका शिक्षा समितिको बैठक बसेर विद्यालय सञ्चालन गर्ने निर्णय गरेपछि पढाइ शुरू भएकाे छ। याे बेलामा विद्यार्थीकाे शिक्षाामा परेकाे समस्यालाई… पुरा पढौ

छैटौं अन्तराष्ट्रिय एचआर समिट २०२० सम्पन्न

पाेखरा, ११ असाेज । भारतको प्रतिष्ठित ब्यवसायीक घराना जेके ग्रुपद्धारा संचालित डा. गौरहरि सिंघानिया इन्स्टीच्युट अफ मेनेजमेन्ट एण्ड रिर्सच कानपुर भारत र नोभेल एकेडेमी पोखराको संयुत आयोजनामा छैटौ अन्तराष्ट्रिय एचआर समिट २०२० सम्पन्न भएको छ । विश्वव्यापी फैलिएको कोरोनाका कारण यो सम्मेलन भर्चुअल माध्यमबाट सम्पन्न भएको थियो ।एचआर समिट यही असोज १० गते दिउसो ३ बजेबाट साझ ७ बजेसम्म भएको थियो । एचआर समिटमा नेपाल भारत र अन्य देशका विभिन्न क्षेत्रका २०० भन्दा बढी ब्यक्तीत्वहरुको सहभागिता रहेको थियो । कार्यक्रममा… पुरा पढौ

कोरोना कहरकै बीच विद्यालय सञ्चालनमा

बनेपा, ११ असोज । काभ्रेपलाञ्चोकमा विद्यालय सञ्चालन गरी पठनपाठन शुरु गरिएको छ । कोरोना भाइरस महामारीको सङ्क्रमण जोखिमको सम्भावनालाई मध्यनजर गर्दै लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय विस्तारै सञ्चालनमा आएका हुन् । जिल्लाको पाँचखाल नगरपालिका, तेमाल र रोशी गाउँपालिकालगायतले कक्षा सञ्चालन गरी पठनपाठन शुरु गरेका हुन् । काभ्रेपलाञ्चोकको पाँचखालले सोमबारबाट, तेमालले मङ्गलबार र रोशीले बुधबारबाट सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा ल्याएका हुन् । पाँचखालको नगरकार्यपालिकाले विद्यालयलाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएर सोमबारबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेसँगै लामो समयदेखि बन्द… पुरा पढौ

तत्काल विद्यालय नखोल्न शिक्षामन्त्रीको आग्रह

काठमाडौँ, १० असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका छन् । पत्रकार समाजले आज आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक भर्चुअल छलफलमा शिक्षालयमा सङ्क्रमण देखिएमा त्यसलाई नियन्त्रण गर्न कठिन हुने भएकाले हाललाई सूचना, सञ्चार र प्रविधिको प्रयोगमा आधारित वैकल्पिक प्रणालीमा जोड दिन आग्रह गरेका छन्। मन्त्री पोखरेलले न्यूनतम सिकाइको सुनिश्चितका लागि सरकारले आकस्मिक कार्ययोजना ल्याई यही असोजको पहिलो साताबाट कार्यान्वयन शुरु… पुरा पढौ

इन्टरनेट अभावको कारण पर्वतमा टोलमै पुगेर विद्यार्थी पढाउँदै

पर्वत, १० असोज । पर्वतको कुश्मा नगरपालिका–१४ आर्थरमा रहेको पञ्चकोशी माध्यमिक विद्यालयले टोलटोलमा शिक्षक पठाएर विद्यार्थीलाई पढाइरहेको छ । विद्यालयले विद्यार्थीलाई तीन वटा क्लष्टरमा विभाजन गरेर शिक्षकलाई टोलटोलमै पठाएको छ । पञ्चकोशी माध्यमिक विद्यालय मात्रै होइन कुश्मा नगरपालिका–१२ को जनता सुदर्शन माध्यमिक विद्यालयले पनि टोलमै पुगेर पढाएको छ । इन्टरनेट अभावका कारण अनलाइन कक्षा सञ्चालन गर्न नसकेपछि पर्वतका ग्रामीण क्षेत्रका अधिकांश विद्यालयले टोल शिक्षा पढाउन थालेका छन । विद्यालयले पठाएपछि अहिले शिक्षक विद्यार्थीलाई पढाउन टोलटोलमा पुग्न थालेका छन । इन्टरनेटको… पुरा पढौ

स्थानीय तहले तयार गर्‍यो पाठ्यक्रम

लमजुङ, ७ असोज । गण्डकी प्रदेशअन्तर्गत लमजुङको एक स्थानीय तहले जिल्लामै पहिलो पटक विद्यार्थीका लागि स्थानीय विषयवस्तु समेट्दै पाठ्यक्रम तयार गरेको छ । मध्यनेपाल नगरपालिकाले आफ्ना नगरभित्रका सबै विद्यालयमा कक्षा एकको लागि स्थानीय पाठ्यक्रम लागू गर्न पाठ्यक्रम पुस्तक तयार गरेको हो । स्थानीय पाठ्यक्रममा स्थानीय आवश्यकता, सम्भावना र स्थानीय स्रोत, साधन तथा स्थानीय परिवेश अनुकूलका विषयलाई जोड दिईएको नगरप्रमुख रमेशकुमार पाण्डेले बताए। उनले भने “पाठ्यक्रममा पालिका भित्रका ऐतिहासिक तथा सांस्कृतिक र भौगोलिक पहिचान, वनजङ्गल, जडिबुटी, कृषि, अन्य विविधता समेटिएको छ… पुरा पढौ