शिक्षा

‘साक्षर नेपाल’ निर्माण अभियान सफल तुल्याउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, २३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘साक्षर नेपाल’ निर्माणको अभियान सफल तुल्याई साक्षरोत्तर शैक्षिक भविष्य सुनिश्चित गर्ने सफलताका लागि शुभकामना व्यक्त गरेका छन्र । प्रधानमन्त्री ओलीले ५४ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज सन्देश दिँदै संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहको शिक्षा निःशुल्क पाउने हक सुनिश्चित गरेकाले यस्तो संवैधानिक सुनिश्चिततालाई सरकारले कार्यान्वयन गरेको उल्लेख गरे । उनले विद्यालय जाने उमेर नाघेका नागरिकका निमित्त जीवन उपयोगी शिक्षाका अवसर प्रदान गर्दै जीवनपर्यन्त सिकाइका… पुरा पढौ

वैकल्पिक विधिबाट परीक्षा लिने सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको तयारी

महेन्द्रनगर, २२ भदौ । सुदूरपश्चिमाञ्चल विश्वविद्यायलले स्नातक र स्नातकोत्तर तहको परीक्षा वैकल्पिक विधि (अनलाइन)बाट लिने तयारी गरेको छ । स्नातक तथा स्नातकोत्तर तहको नियमित तर्फका परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने तयारी भइरहेको विश्वविद्यायलयका उपकुलपति प्रा.डा.अम्मराज जोशीले जानकारी दिए । उनका अनुसार यसअघि स्थगित भएका परीक्षाहरू आगामी असोज १२ गतेदेखि सञ्चालन हुने तयारी छ । “विश्वविद्यालयले कोरोना कहर त्यति छिट्टै सकिने अवस्था देखिँदैन”, उपकुलपति जोशीले भने, “शैक्षिक गतिविधिलाई स्वास्थ्य सर्तकता अपनाएर अघि बढाउने तयारीमा छौं ।” उनले आगामी असोजदेखि सञ्चालन गर्ने… पुरा पढौ

गाउँ र विद्यालयको नाम एउटै ”सिरबारे”-जहाँ दलित विद्यार्थी मात्रै पढ्छन्

बागलुङ, १८ भदौ । माथिपट्टि झुरुप्प मिलेको दलित बस्ती, पूछारमा विद्यालय । गाउँ र विद्यालयको नाम भने एउटै–सिरबारे । गलकोट नगरपालिका–७ मल्मस्थित सिरबारे आधारभूत विद्यालयमा ३१ विद्यार्थी पढ्छन् । १८ छात्रा, १३ छात्र । सबै दलित समुदायका । विसं २०५३ सालमा खुलेको विद्यालयमा कक्षा ३ सम्म पढाइ हुन्छ । बाल कक्षा पनि चलेको छ । विद्यालयले सिकाइमा अङ्ग्रेजी माध्यम अपनाएको छ । स्थायी र राहत दरबन्दीमा एक/एक शिक्षक छन् । दुई शिक्षक स्थानीय स्रोतका । कमजोर आर्थिक स्थिति र सिमित… पुरा पढौ

शैक्षिकसत्र खेर जादैन :शिक्षामन्त्री पोखरेल

काठमाडौं, १७ भदौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले कुनैपनि तहको शैक्षिकसत्र खेर नजाने दावी गरेका छन् । उनले कार्यतालिका बनाएर पढाईको काम गरिने भएकोले शैक्षिक सत्रलाई खेर जान नदिने बताएका हुन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले आज आयोजना गरेको भर्चुअल छलफल कार्यक्रममा मन्त्री पोखरेलले कोरोनाको कारण पढाइ नभएको भएपनि पाठ्यभारलाई घटाएर पूर्वनिर्धारित समयमै शैक्षिकसत्र पूरा गर्ने लक्ष्य रहेको बताए । वैकल्पिक सिकाइको लागि सहजिकरण निर्देशिका परिमार्जन गर्दै सरकारअन्तर्गत छुट्टै डेडिकेटेड शैक्षिक टेलिभिजन खोल्ने तयारी गरिएको जानकारी… पुरा पढौ

गण्डकी बहुप्राविधिक शिक्षालय यसै वर्षदेखि संचालन हुने

पोखरा, १७ भदौ । पोखरा महानगरपालिकाले स्थापना गरेको गण्डकी बहुप्राविधिक शिक्षालयमा यस वर्षदेखि २ विषयमा पठनपाठन संचालन हुने भएको छ । साथै आगामी वर्षदेखि स्वास्थ्य, कृषि र इञ्जिनियरीङतर्फ प्राविधिक अन्य विषयमा पनि पठनपाठन गर्दै जाने महानगरको लक्ष्य छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमलाई प्रवद्र्धन गर्दै स्थानीयस्तरमै निम्न मध्यमस्तरीय प्राविधिक दक्ष जनशक्ति उत्पादन गरी सक्षम आत्मनिर्भर तथा स्वावलम्बी जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ मन्त्रिपरिषद्को गत पुसको निर्णयअनुरुप पोखरा महानगरले पनि सो शिक्षा स्थापना गरी पठनपाठन तयारी थालेको हो । महानगर… पुरा पढौ

नेपालकै पहिलो होटल म्यानेजमेन्ट कलेज: एनटीएचएमसी

पाेखरा, १५ भदाै । आजभन्दा दुई दशकअघि पोखराका होटल तथा रेष्टुरेन्टमा धमाधम लगानी थपिँदै थियाे। त्यो बेला पोखरामा तारेहोटलहरु समेत थपिन थाले । होटल, रेष्टुरेन्ट त खुले तर दक्ष जनशक्ति पाउनै मुस्किल पर्न थाल्यो । नेपालमा कहीँ कतै यससम्बन्धी पठनपाठन हुँदैनथ्यो । होटल म्यानेजमेन्ट पढ्न विदेश जानुपर्ने बाध्यता थियो । भारत, स्वीट्जरल्याण्ड, चीन, अष्टेलियामा समेत महँगाे शुल्क तिरेर विद्यार्थीहरु जानेक्रम बढ्दो थियो । त्यो समय पोखराका केही शिक्षासेवी तथा उद्योगी व्यवसायीहरुको एउटा समूहले पोखरामै एउटा राम्रो होटल म्यानेजमेन्ट पढाउने कलेज… पुरा पढौ

पोखरा विश्वविद्यालयको सम्बन्धनमा होटल मेनेजमेन्ट कलेजमा हल्ट प्राइज हुने

पाेखरा, भदाै १२ । नेपाल टुरिजम एण्ड होटल मेनेजमेन्ट कलेज पोखरामा हल्ट प्राइज हुने भएको छ। “फुड फर गुड” भन्ने नाराका साथमा पोखरामा डिसेम्बरको दोश्रो हप्ता आयोजना गर्ने गरी हल्ट प्राइजको तयारी सुरु भएको बताइएको छ । बिश्वभरका दुई हजारभन्दा बढी विश्वविद्यालयका विद्यार्थीले भाग लिने उक्त कार्यक्रम हल्ट फाउन्डेसन, हल्ट इन्टरनेश्नल बिजनेस स्कुल र संयुक्त राष्ट्रसङ्घले संयुक्त रुपमा आयोजना गर्दछन् । यो प्रतिस्पर्धा विद्यार्थीहरूका लागि नोबेल पुरस्कार भनेर चिनिने अमेरिकी १ मिलियन डलरको ग्लोबल स्टार्टअप पुरस्कार यसको मुख्य आकर्षणको रूपमा… पुरा पढौ

पुर्वाञ्चल विश्वविद्यालय, नोभेल एकेडेमी पोखरामा हल्ट प्राइज २०२०-२१ को तयारी सुरु

पाेखरा, भदाै ११ । पुर्वाञ्चल विश्वविद्यालय, नोभेल एकेडेमी पोखरामा हुन गइरहेकाे हल्ट प्राइज २०२०/२१ को तयारी सुरु भएकाे छ । "फुड फर गुड" भन्ने नाराका साथमा पुर्बान्चल विश्वविद्यालय, नोभेल एकेडेमी पोखरामा डिसेम्बर पहिलाे हप्ता आयोजना हुने याे हल्ट प्राइजकाे तयारी सुरु भएकाे हाे । बिश्वभरका दुई हजारभन्दा बढी विश्वविद्यालयका विद्यार्थीले भाग लिने उक्त कार्यक्रम हल्ट फाउन्डेसन, हल्ट इन्टरनेश्नल बिजनेस स्कुल र संयुक्त राष्ट्रसङ्घले संयुक्त रुपमा आयोजना गर्दछन् । यो प्रतिस्पर्धा विद्यार्थीहरूका लागि नोबेल पुरस्कार भनेर चिनिने अमेरिकी १ मिलियन डलरको… पुरा पढौ

एसइई नतिजा : बाल मनोविज्ञानमाथिको ‘मजाक’

माध्यमिक शिक्षा परिषद् (एसइर्ई)को परीक्षाफल प्रकाशितपछि  विभिन्न किसिमका टिकाटिप्पणी भइरहेका छन् । कोरोनाको कारण एसइर्ईको परीक्षा नएपछि विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षाफल प्रकाशित गरिएको थियो । सामाजिक सञ्जाल र चिया गफमा समेत एसइईको मापदण्ड खस्किएको, विद्यालयले ‘सित्तैमा प्रमाणपत्र दिएकोलगायतका टिप्पणीले बालबालिकामाथिको हिंसा भएको शिक्षा क्षेत्रका सरोकारवालाले बताएका छन् । परीक्षाको पूर्ण तयारीपछि एसइई स्थगित भएको थियो । परीक्षाको अघिल्लो दिन परीक्षा स्थगित भएपछि कतिपय विद्यार्थी त परीक्षा लेख्न नपाएकामा खिन्न भए । यतिबेला परीक्षाफल प्रकाशित भएपछि भने विद्यार्थीको ‘मनोविज्ञान’ नै… पुरा पढौ

एसइई नतिजा सार्वजनिक, तर भदौ १५ सम्म विद्यार्थी भर्ना गर्न नपाइने

भक्तपुर, १ भदौ । राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सोमबार साँझ सार्वजनिक गरेको छ । परीक्षाका लागि ४ लाख ८२ हजार ९ सय ८६ विद्यार्थीले फारम भरेपनि ४ लाख ७२ हजार ७८ विद्यार्थीको नतिजा सार्वजनिक गरेको बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए । परीक्षाका लागि फारम भरेकामध्ये १० हजार ९ सय ८ विद्यार्थीको नियमानुसार हाजिरी नपुगेको, फाराम भर्दा त्रुटि भएको र नियम पूरा नगरी अयोग्य भएकाले नतिजा नआएको उनले बताए । नतिजा सार्वजनिक… पुरा पढौ