कला / शैली

सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसारविरुद्ध अन्तरराष्ट्रिय दिवस पनि आजै

काठमाडौं, २८ कात्तिक। पुराना मूर्तिकला, चित्रकला, हस्तकला, ऐतिहासिक स्थल र अन्य सांस्कृतिक सम्पत्तिको चोरी तथा अवैध तस्करी रोक्न चेतना फैलाउने उद्देश्यका साथ आज विश्वका विभिन्न देशमा सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा पाँच वर्षअघिदेखि यस दिनलाई अन्तरराष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो । राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृति सङ्गठन (युनेस्को)ले नेपालजस्तो सांस्कृतिक धरोहरले समृद्ध देशका, काठमाडौँ, भक्तपुर, ललितपुरलगायत स्थानका पुराना मन्दिर, मूर्तिकला र ऐतिहासिक भवनहरूको संरक्षणमा जोड दिएको छ । यस्ता सम्पदाको संरक्षणमा पुरातत्व… पुरा पढौ

‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ

काठमाडौं, २७ कात्तिक। निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मार्फत नवअभिनेत्री सोल गुरुङले अभिनय यात्रा सुरुआत गरेकी छन् । बेलायतका विभिन्न सहरमा पहिलो चरणको छायाङ्कन गरिएको उक्त चलचित्रको दोस्रो चरणको छायाङ्कन नेपालमा हुने निर्देशक चाम्सले बताए। उनले भने, “नेपाली चलचित्र क्षेत्रमा नयाँ अनुहारलाई पनि अवसर दिनुपर्छ भन्ने सोच राखेर नै मैले प्रायः चलचित्रमा प्रतिभा भएका नव कलाकारलाई अवसर दिन्छु । यसपटक पनि बेलायतमा बसोबास गर्दै आउनुभएकी गुरुङले चलचित्रमा शीर्ष भूमिकामा अभिनय गरेकी छन् । चलचित्रमा उनको पात्रको नाम सुम्निमा हुने… पुरा पढौ

२०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र-‘जेरी अन टप’

काठमाडौं, २६ कात्तिक । गत असोज ३१ गतेदेखि प्रदर्शनरत नेपाली चलचित्र ‘जेरी अन टप’ २०८२ सालमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्र बनेको छ । यस वर्ष प्रदर्शनमा आएका चलचित्रमध्ये ‘जेरी अन टप’ गत शनिबारसम्म रु ११ करोड ७१ लख ४१ हजार ४९८ कमाइ (ग्रस कलेक्सन) गरेको चलचित्र विकास बोर्डअन्तर्गतको ‘बक्सअफिस सिनेपा’ ले जनाएको छ । बोर्डले सोमबार चलचित्रको व्यावसायिक तथ्याङ्क सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । उक्त चलचित्रका निर्माता सरोज न्यौपानेले दर्शकबाट प्राप्त साथ र मायाको आफू सदैव आभारी… पुरा पढौ

महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै

काठमाडौँ, २५ कात्तिक। किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गर्नुभएको थियो । यसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो । किरात समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गर्नुभएका फाल्गुनन्दको विसं २००५… पुरा पढौ

सुरज र विनाेदकाे ‘यहीँ दुःख गरम्ला’ भिडियो सार्वजनिक

पोखरा, २२ कार्तिक । गीतकार सुरज उपाध्यायको रचना, गायक, संगीतकार विनोद बानियाको स्वरमा रहेको “यहीँ दुःख गरम्ला” गीतको म्युजिक भिडियो शनिबार पोखरामा सार्वजनिक गरिएको छ । गीतकार प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा बिक्रम कार्किद्वारा प्रस्तुत गीतको म्युजिक भिडियोको प्रमुख अतिथि संस्कृतिकर्मि तीर्थ श्रेष्ठले सार्वजनिक गरेका हुन् । सो अवसरमा श्रेष्ठले गीत लेखन, संगीत र स्वर अनि त्यसपछिका कामका लागि अनेक कष्ट भोग्नै पर्नै बाध्यता रहेको र अनि आउने प्रतिफल राम्रो हुने बताए । श्रेष्ठले भने, मैले देखेका र अनुभव गरेका… पुरा पढौ

पोखरामा नव निर्मित भैरव मन्दिरमा भैरवाष्टमीको दिनदेखि दर्शन/पूजन शुभारम्भ हुने

पोखरा, २० कात्तिक । पोखराको भैरबटोलमा नव निर्मित भैरव मन्दिरमा यही कार्तिक २६ गते (भैरवाष्टमीको दिन) दिउँसो २ बजेबाट दर्शन/पूजन शुभारम्भ हुने भएको छ । मन्दिरमा श्री कालभैरवको प्रस्तर प्रतिमा स्थापना गरी तान्त्रिक विधिबाट प्राण प्रतिष्ठा सम्पन्न गरिनेछ । सोही अवसरमा भैरवाष्टमीको दिन भक्तजन, दाता तथा समुदायका सबैलाई दर्शन सहितको पूजनमा सहभागी हुन श्री भैरब साँस्कृतिक संरक्षण समितिले आह्वान गरेको छ ।दर्शनार्थीहरूका लागि मन्दिर कार्तिक २७ गतेदेखि प्रत्येक दिन विहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म खुला रहनेछ ।  भैरव साँस्कृतिक… पुरा पढौ

कार्तिक शुक्ल चतुर्दशीः वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

काठमाडौं, १८ कात्तिक। प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने वैकुण्ठ चतुर्दशी पर्व आज स्नान, दान, जप, ध्यान गरी मनाइँदै छ । वैकुण्ठ चतुर्दशीमा नदीमा स्नान गरी जप, ध्यान एवं दान गर्दा पुण्य पाइने विश्वास छ । वैकुण्ठ चर्तुदशीमा भगवान् विष्णुको पूजा गरी रातमा जाग्राम बस्ने गरिन्छ । चतुर्दशीको सम्बन्ध शिव, विष्णु दुवैसित रहेको मानिन्छ । शिवसँग सम्बन्ध भएकालाई शिव वैकुण्ठ र विष्णुसित सम्बन्ध भएकालाई ‘विष्णु वैकुण्ठ’ भनिन्छ । शिवपूजाका लागि अरुणोदयव्यापी चतुर्दशी उत्तम मानिएको छ भने उपवास (व्रत) का… पुरा पढौ

चलचित्र ‘धागो’ को ‘ट्रेलर’ सार्वजनिक

काठमाडौं, १६ कात्तिक। नेपाली चलचित्र ‘धागो’ को ‘ट्रेलर’ सार्वजनिक गरिएको छ । आज सार्वजनिक ट्रेलरमा मुख्यगरी परिवारमा रहेको आर्थिक समस्याका कारण सिर्जित दैनिक समस्या र त्यससँग जुध्न गरिएको सङ्घर्ष देखाइएको छ । यस्तै, सङ्घर्षका क्रममा सामाजिक चुनौती र विषम परिस्थितिको चित्रण गरिएको छभने सन्तानको सपना र इच्छा पूरा गर्न गरिने हरेक मातापिताको अथक प्रयासलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ । विछोडको पीडालाई पनि ट्रेलरले समेटेको छ । गहन कथावस्तुका बाबजुद, दर्शकलाई केही क्षणको राहत दिनका लागि केही मात्रामा हास्य रस… पुरा पढौ

मेडरी नाच सीप युवा पुस्तामा सिकाउँदै पाका

मध्यविन्दु (नवलपरासी), १६ कात्तिक। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ लेडाहाका ७० वर्षीय दुलामणि गुरौ केही वर्षदेखि मेडरी नाच युवाहरूलाई सिकाउँदै आउनुभएको छ । थारू समुदायको पौराणिक महत्त्व बोकेको मेडरी नाच लोप हुन थालेपछि दुलामणिसँगै पाका पुस्ता यसको संरक्षणमा जुटेका हुन् । थारू समुदायले परापूर्वकालदेखि नाच्दै आएको मेडरी नाचप्रति युवा पुस्ताको चासो कम हुँदै जान थालेपछि पाका पुस्ताले नाच संरक्षणका लागि कला, सीप हस्तान्तरण गर्ने अभियान सञ्चालन गरेका हुन् । दुलामणि गुरौले अहिले मेडरी नाच समूहको नेतृत्वसँगै नाचको संरक्षणका लागि नयाँ… पुरा पढौ

आज हरि बोधिनी एकादशी-घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै

काठमाडौं, १५ कात्तिक। वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी मनाउन लागिएको हो । आसार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । विष्णु… पुरा पढौ