अन्तर्राष्ट्रिय 🗺

भारतमा बाढीका कारण १५ को मृत्यु, १०० बेपत्ता

नयाँ दिल्ली, ४ मङ्सिर । भारतको अन्द्र प्रदेशमा आएको बाढीका कारण कम्तीमा १५ जनाको मृत्यु भएको छ । बाढीले अरु १०० भन्दा बढीलाई बगाएर बेपत्ता बनाएको सरकारी अधिकारीले शनिबार विहान जानकारी दिएका छन् । निरन्तरको अत्यधिक बर्षाका कारण बाढी ठूलो आएको र धेरै क्षति गरेको खोजी तथा उद्धारकार्यमा खटिएकाले बताएका छन् । बाढीले विषेश गरेर आन्द्र प्रदेशका चार जिल्ला चित्तुर, कडपा, कुर्नुल र अनन्तपुरमा बढी असर पारेको छ । बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, उद्धारकर्मी र स्वयमसेवकको… पुरा पढौ

साउदी नेतृत्वको गठबन्धनद्वारा यमनको राजधानीमा हुथी नियन्त्रित शिविरमा हवाई आक्रमण

साना, ३ मंसिर । साउदी नेतृत्वको गठबन्धनले बिहीबार बिहान यमनको राजधानी सानामा हुथी मिलिशियाद्वारा नियन्त्रित सैन्य शिविरमा हवाई आक्रमण गरेको हुथीद्वारा सञ्चालित अल–मासिराह टिभीले जनाएको छ । हवाई आक्रमणबाट उत्तरी र दक्षिणी सानामा रहेको धाबान र अल–नहदयन शिविरमा आक्रमण गरेको टेलिभिजनले प्रसारण गरेको छ । साउदीको स्वामित्वमा रहेको अल–अरेबिया टिभीले गठबन्धनले साउदी अरेबियाको आभा अन्तर्राष्ट्रिय विमानस्थलमा लक्षित बमले भरिएको ड्रोनलाई रोकेको केही घण्टापछि हवाई आक्रमण भएको हो । इरान समर्थित हुथी मिलिसियाले हालै सीमापार क्षेप्यास्त्र र ड्रोन आक्रमणलाई तीव्र पारेको… पुरा पढौ

भेनेजुएलाद्वारा इयु प्रतिबन्धको निन्दा

काराकस, ३ मङ्सिर । भेनेजुएलाका विदेश मामिलामन्त्री फेलिक्स प्लासेन्सियाले बिहीबार युरोपेली सङ्घ (ईयू) को परिषद्द्वारा दक्षिण अमेरिकी देशका अधिकारीहरू विरुद्ध अर्को एक वर्षको लागि प्रतिबन्ध नवीकरण गर्ने निर्णयको निन्दा गरेका छन् । “हामी हाम्रा जनता विरुद्धको नयाँ आक्रमणको कडा निन्दा गर्दछौं र हामी यो अपमानजनक नवीकरणलाई शत्रुताको कार्य मान्दछौं,“ प्लासेन्सियाले ट्विटरमा लेखेका छन् । प्लासेन्सियाका अनुसार यो कदम नोभेम्बर २१ मा हुने क्षेत्रीय र स्थानीय चुनावको नेतृत्वमा सत्तारुढ समाजवादी पार्टीलाई कमजोर पार्ने उद्देश्यले गरिएको हो । काउन्सिलको उद्देश्य “आउँदो आइतबार लोकतान्त्रिक… पुरा पढौ

राष्ट्रपति सीले चीन र आसियानबीचको वार्ता सम्बन्धको ३०औँ वर्षगाँठको शिखर सम्मेलनमा भाग लिने

बेइजिङ, ३ मङ्सिर । चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले नोभेम्बर २२ तारिख चीन र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) बीचको वार्ता सम्बन्धको ३०औँ वार्षिकोत्सवको स्मरणमा बेइजिङमा आयोजना हुने शिखर सम्मेलनमा भाग लिने र अध्यक्षता गर्नेछन्। भिडियो लिङ्क मार्फत शिखर सम्मेलन हुने भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले शुक्रबार जानकारी दिए। पुरा पढौ

रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च तहमा पुगेको छः पुटिन

मस्को, ३  मङ्सिर । रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च स्तरमा पुगेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । दुई देशले सहयोगलाई अझ प्रगाढ बनाउने बताउँदै पुटिनले रुसी विदेश मन्त्रालयको बोर्डको विस्तारित बैठकमा भने- "हामी जनवादी गणतन्त्र चीनमा हाम्रा असल छिमेकी र मित्रहरूसँगको सम्बन्धलाई सुदृढ गर्ने प्रयत्न जारी राख्नेछौं ।" उनले २१औँ शताब्दीमा द्विपक्षीय सम्बन्धले प्रभावकारी अन्तरराज्यीय सहयोगको नमुनाका रूपमा काम गरेको बताए। राष्ट्रपति पुटिनले केही पश्चिमी देशहरूले "खुल्ला रूपमा मस्को र बेइजिङको बीचमा फाटो ल्याउने प्रयास गरिरहेको" समेत टिप्पणी… पुरा पढौ

सीमा विवादमा आज भारत र चीनबीच भेटवार्ता हुँदै

नयाँ दिल्ली २ मङ्सिर । भारत र चीन बीच बिहीबार सीमा विवादमा वार्ता हुँदैछ। गत वर्ष गलवान झडप पछि धेरै चरणको सैन्य र कूटनीतिक वार्ता गतिरोधमा समाप्त भएको थियो। दुई देश बीच कतिपय सीमानाका विच्छेदन भए पनि समग्रमा पूर्ण विच्छेदनमा गतिरोध छ । देपसाङ र हट स्प्रिङसमा विवाद कायमै छ । कडोर जाडोको समयमा पनि पूर्वी लद्दाखको प्रत्येक छेउमा सेनाको विशाल निर्माण कार्य जारी रहनाले तत्काल द्वन्द्व समाधान हन नसक्नेतिर सङ्केत गरेको छ । भारत–चीन सीमा मामिलासम्बन्धी परामर्श र समन्वयका… पुरा पढौ

जेरुसेलममा इजरायली सेनासँगको झडपमा ५७ प्यालेस्टाइनी घाइते

गाजा, प्यालेस्टाइन, २ मङ्सिर । जेरुसेलमको अल-इसाविया नजिक इजरायली सेनासँगको झडपमा कम्तीमा ५७ प्यालेस्टाइनीहरू घाइते भएको सञ्चार माध्यमले जनाएका छन् । कुड्सनेट समाचार एजेन्सीले जनाएअनुसार इजरायली सैनिकहरूले गरेको अश्रु ग्यास प्रहारबाट अधिकांश घाइते भएका छन्। प्यालेस्टाइनीहरूले बिहीबार आम हड्ताल गर्ने घोषणा गरेका छन्। इजरायल र प्यालेस्टाइनबीचको सम्बन्ध दशकौंदेखि बिग्रिएको छ। प्यालेस्टाइनीहरूले इजरायलले आंशिक रूपमा ओगटेको पूर्वी जेरुसेलम र गाजा पट्टीलगायत वेस्ट बैंकको भूभागमा आफ्नो स्वतन्त्र राज्यको लागि कूटनीतिक लडाइ लडिरहेका छन् । इजरायली सरकारले प्यालेस्टाइनलाई स्वतन्त्र राजनीतिक र कूटनीतिक संस्थाको… पुरा पढौ

पोल्याण्डद्वारा १०० आप्रवासी हिरासतमा: रक्षा मन्त्रालय

वार्सा, २ मङ्सिर । पोलिश सेनाले राति बेलारुसबाट सीमा पार गर्न खोजिरहेका करिब १०० आप्रवासीको समूहलाई नियन्त्रणमा लिएको रक्षा मन्त्रालयले बिहीबार जनाएको छ । "लगभग १०० आप्रवासीको समूहलाई पोलिश सुरक्षाकर्मीहरूले हिरासतमा लिएको मन्त्रालयले बताएको छ । बेलारूसीहरूले आप्रवासीहरूलाई उनीहरूको ध्यान विचलित गर्न पोलिश सैनिकहरूलाई ढुङ्गा हानेका थिए । पुरा पढौ

सुडानको राजधानीमा दर्जनौं प्रदर्शनकारीहरूमाथि अश्रुग्यास प्रहार

खार्तुम, मङ्सिर २ । सुडानी सुरक्षा बलले बिहीबार बिहान राजधानी खार्तुममा ब्यारिकेडहरू लगाएका दर्जनौं प्रदर्शनकारीहरूमाथि अश्रु ग्यास प्रहार गरेको एक प्रत्यक्षदर्शीले बताएका छन् । उत्तरी खार्तूममा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ जहाँ प्रदर्शनकारीहरूले रातभरि विरोध प्रदर्शन जारी राखेका थिए। गत महिना सेनाले कब्जामा लिएपछि कू विरोधी बुधबारको प्रदर्शनी सबैभन्दा घातक र आक्रामक देखिएको बताइएको छ। चिकित्सकहरूले जनाएअनुसार बुधबारको प्रदर्शनमा कम्तीमा १५ जना प्रदर्शनकारीको मृत्यु भएको र तीमध्ये अधिकांश उत्तरी खार्तुममा थिए । पुरा पढौ

दिल्लीको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस, प्रदूषण नाजुक अवस्थामा

नयाँदिल्ली, १ मङ्सिर । भारतको दिल्लीमा न्यूनतम तापक्रम १० डिग्री सेल्सियनमा झरेको छ । तापक्रम घट्दै गएपछि मङ्गलबार अत्यन्त जाडो महसुस गरिएको दिल्लीका बासिन्दाले बताएका छन् । भारतको मौसम विज्ञान विभागले मङ्गलबारको अधिकताम तापक्रम भने २७ डिग्री सेल्सियससम्म पुगेको जनाएको छ । भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्लीमा एकातिर चिसो बढीरहेको छ भने अर्कातिर प्रदूषणको असर पनि बढीरहेको छ । वायुको गुणस्तर मङ्गलबार ३९६ रहेकोमा बुधबार घटेर ३७९ मा पुगेको अधिकारीले जानकारी दिएका छन् । तिहारको बेला अत्यधिक धेरै पटका पड्काइएकाले… पुरा पढौ