मुख्य समाचार

वर्षौँदेखि पालमुनि छन् घरबारविहीन परिवार

घोडाघोडी (कैलाली), ७ पुस । यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उहाँका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउँका घर्तीको परिवारलाई केही वर्ष पहिलेको भीषण पहिरोले विस्थापित बनाएपछि उनीहरुले जग्गा भाडामा लिएर घर बनाएका थिए । तर जग्गाधनीले बिचैमा जग्गा नदिने भएपछि उनीहरु त्यहाँबाट पनि विस्थापित भए । “त्यसपछि हामी चुरे–४ कै टाँकगडा जङ्गलको बीचमा बस्न थाल्यौँ”, नवलसिंहले विगत सम्झिँदै भन्नुभयो, “त्यहाँ धेरै परिवार थियौँ । वन अतिक्रमण गरेको भन्दै त्यहाँबाट पनि… पुरा पढौ

‘चीन-नेपाल सम्बन्ध अद्वितीय छ’-राजदूत छन सङ

काठमाडौं, ६ पुस। नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी आगामी बुधबार स्वदेश फर्कन लागेका राजदूत छनले यहाँस्थित चिनियाँ दूतावासमा आयोजित बिदाइ समारोहमा आफू जुनसुकै जिम्मेवारीमा रहे पनि नेपाललाई सक्दो सहयोग गरिरहने बताए। नेपाल र नेपाली आफ्नो मनमष्तिष्कमा सधैँ रहने उल्लेख गर्दै उनले नेपाल सरकार, कर्मचारी वर्ग, कूटनीतिथक वृत्तका सहकर्मी, सञ्चारकर्मीका साथै नेपाली समाजका हरेक क्षेत्रबाट… पुरा पढौ

नेप्सेमा १९.९२ अंककाे गिरावट, ४ अर्ब ५७ करोडकाे काराेबार

काठमाडौं, ६ पुस । साताको शेयर काराेबर हुने पहिलो दिन आइतबार नेप्सेमा गिरावट भएकाे छ । गएकाे बिहिबार अन्तिम काराेबार हुँदा पनि नेप्सेमा गिरावट भएकाे थियाे । यसदिन नेप्से परिसूचक १९.९२ अंकले घटेर २५९५.१० विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स १.९६ अंकले घटेको छ । फ्लोट इण्डेक्स १.३५ अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७४ अंकले घटेको छ। नेप्सेमा भएकाे गिरावटसँगै कारोबार रकममा पनि कमि भएकाे छ। बिहीबार ४ अर्ब ५७ करोड रुपैयाँ बराबरको शेयर काराेबार भएकाे थियाे । यसदिन भने ३४५ कम्पनीहरुकाे… पुरा पढौ

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालको बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

काठमाडौं, ६ पुस । नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन बैंक अवार्ड’ प्राप्त गरेको छ । बैंकले ट्रान्ज्याक्सन बैंकिङ क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको प्रविधिमैत्री र ग्राहककेन्द्रित सेवा प्रवाह गरेको उल्लेख गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।  बैंकले व्यक्तिगत, संस्थागत, एसएमई ग्राहकका लागि उपलब्ध गराएको प्रभावकारी ट्रान्ज्याक्सन बैंकिङका डिजिटल भुक्तानी सेवा तथा सुविधाका लागि उक्त अवार्ड प्रदान गरिएको जनाइएको छ । बैंकले प्रविधिको अधिकतम उपयोग गर्दै सेवाहरूलाई सरल, सुरक्षित र छरितो बनाउँदै आएको र यसले ग्राहकका… पुरा पढौ

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं, ६ पुस। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा व्यावसायिक वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध र क्रियाशील रहेको बताएका छन् । नेपाल एलपी ग्यास उद्योग सङ्घको २७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले जेनजी आन्दोलनका कारण खस्किएको व्यवसायीको मनोबल उकास्न सरकारले योजनाबद्ध काम गरिरहेको बताए। सचिव घिमिरेले आपूर्ति व्यवस्थापनलाई सहज बनाउनका लागि सरकारले नीतिगत क्षेत्रमा सुधारका महत्वपूर्ण काम गरिरहेको उल्लेख गरे। उनले व्यवसायीले राखेका मागलाई सरकारले क्रमशः सम्बोधन गर्दै लैजाने प्रतिबद्धता जनाए। नेपाल आयल निगमका कार्यकारी निर्देशक डा… पुरा पढौ

यी तीन कम्पनीहरुकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, ६ पुस । यी तीन ५ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। महालक्ष्मी विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स र तारागाउँ रिजेन्सी होटल्सकाे लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन बाँकी रहेकाे हो। यी पाँचै कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि साेमाबार पुस ७ गते बुकक्लोज गर्ने बताएका छन्। त्यसैले शेयरधनीहरुले आजसम्म नेप्सेमा शेयर गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम हुने शेयरधनीहरु साधारण सभामा सहभागि हुन र लाभांश पाउन याेग्य हुनेछन्। महालक्ष्मी विकास… पुरा पढौ

सुनचाँदीको मूल्यमा उतारचढाव, सुन २ लाख ६० हजार नजिक

काठमाडौं, ६ पुस। पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव आएको छ । गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ६० हजार ४०० सय पुगेको थियो भने आज त्यति नै परिमाणको सुन रु दुई लाख ५८ हजार ३०० मा झरेको छ । गत मङ्गलबार रु दुई लाख ५९ हजार, बुधबार दुई लाख ५९ हजार ७००, बिहीबार दुई लाख ६० हजार ४०० सय कायम भएको थियो । यसैगरी, चाँदीको मूल्यमा पनि उतारचढाव आएको छ… पुरा पढौ

५६ अर्बको आईपीओ निष्काशन गर्न ८४ कम्पनी पाइपलाइनमा

काठमाडौं, ६ पुस । विभिन्न ८४ वटा कम्पनीहरु आईपीओ निष्काशन गर्नका लागि पाइपलाइनमा रहेका छन् । ति कम्पनीहरुमा जलविद्युत र उत्पादनमूलक क्षेत्रका रहेका छन् । नेपालबाट भारत र बंगलादेशमा विद्युत निर्यात हुन थालेपछि दगानीकर्ताहरु जलविद्युत उत्पादनतर्फ माेडिएका छन् । उनीहरुमा बढी कम्पनीहरु जलविद्युत कम्पनीहरु आईपीओ निष्काशन गर्नका लागि पाइपलाइनमा रहेका छन्। सेबाेनकाे सूची अनुसार ८४ वटा कम्पनीहरुमध्ये पाइपलाइनमा धेरै जलविद्युत क्षेत्रका रहेका छन् । अर्थात जलविद्युत क्षेत्रका ३८ वटा कम्पनीहरु आईपीओ निष्काशन गर्नका लागि तयारीमा रहेका छन् । २१ वटा… पुरा पढौ

अनियमित मौसमको असरः यस वर्ष धान उत्पादन घट्यो

भोजपुर, ६ पुस । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्याउँदा उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी घनश्याम बरालका अनुसार समयमै पानी नपर्दा रोपाइँ प्रभावित हुनुका साथै केही स्थानमा अत्यधिक वर्षाले धानबाली डुबानमा परेर नष्ट भएको हो । “मौसमको अनियमितताले धानखेती गर्ने किसान सबैभन्दा बढी प्रभावित भएका छन्”, उहाँले भन्नुभयो । तथ्याङ्कअनुसार गत वर्ष ३७ हजार ७९० मेट्रिक… पुरा पढौ

यस्तो छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, ६ पुस । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ६३ पैसा र बिक्रीदर १९१ रुपैयाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७९ रुपैयाँ १७ पैसा र बिक्रीदर… पुरा पढौ