artha

नयाँ बजेटका लागि राजश्व परामर्श समितिको सुझाव : आयात निरुत्साहनदेखि आयकर सीमा बढाउनेसम्म

काठमाडौं, २ जेठ । राजस्व परामर्श समितिले आगामी बजेट २०७९/८० का लागि राजस्व प्रतिवेदन पेश गरेको छ। आइतबार अर्थमन्त्रालयमा समितिका अध्यक्ष महेश दहाल समितिले अर्थमन्त्री जनार्दन शर्मालाई बुझाएका हुन्। समितिले बुझाएको सुझाव मन्त्रालयले ७० प्रतिशत लागू गर्ने गरेको समितिको भनाई छ। यो पटक समितिले करको दायरा विस्तार, आन्तरिक राजस्व वृद्धि गर्ने उपाय, आयात निरुत्साहनका लागि दिइने सुझाव लगायत विषय समेटिएको छ। समितिले यो पटक व्यक्तिगत आयकरको सीमा बढाउन सुझाव दिएको छ। आर्थिक वर्ष २०७५/०७६ मा आयकरको सीमा बढाइएको थियो। जसमा… पुरा पढौ

बजेट अधिवेशन आह्वान, कर्मचारीको तलब बढ्ने, आयकर सीमामा पनि हेरफेरको तयारी

काठमाडौं, २६ वैशाख । आगामी ३ जेठका लागि संघीय संसद्को बजेट अधिवेशन आह्वान भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी ३ जेठमा बस्नेगरी अधिवेशन आह्वान गरेकी हुन् । आइतवार बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सो सिफारिसअनुसार राष्ट्रपति भण्डारीले बजेट अधिवेशन आह्वान गरेकी हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन बोलाउने संवैधानिक व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार नै सरकारले आगामी ३ जेठमा बजेट अधिवेशन बोलाउन सिफारिस गरेको हो । वर्तमान संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको… पुरा पढौ

९ महिनामा सरकारले उठायो झण्डै साढे २ खर्ब ऋण

काठमाडौं, २१ वैशाख । सरकारले चालु आर्थिक वर्षको ९ महिनामा २ खर्ब २१ अर्ब रुपैयाँ ऋण उठाएको छ । सरकारले आन्तरिक र बाह्य गरेर साउनदेखि चैतसम्ममा दुई खर्ब २१ अर्ब रुपैयाँ ऋण उठाएको अर्थ मन्त्रालयले जनाएको हो । यसमध्ये एक खर्ब १६ अर्ब रुपैयाँ बाह्य र एक खर्ब पाँच अर्ब रुपैयाँ आन्तरिक ऋण रहेको मन्त्रालयले उल्लेख गरेको छ ।सरकारले यस आर्थिक वर्षमा दुई खर्ब ८३ अर्ब नौ करोड रुपैयाँ बाह्य र दुई खर्ब ३९ अर्ब रुपैयाँ आन्तरिक गरेर पाँच खर्ब… पुरा पढौ

आगामी बजेटका लागि अर्थ मन्त्रालयले गर्‍यो पूर्वअर्थमन्त्रीहरूसँग छलफल

काठमाडौं, १९ वैशाख । अर्थमन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेटका लागि पूर्वअर्थमन्त्रीहरूसँग छलफल गरेको छ । आइतवार अर्थमन्त्रालयले पूर्वअर्थमन्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरूसँग छलफल गरेको हो । छलफलमा अर्थमन्त्री जनार्दन शर्मा, अर्थसचिव मधुकुमार मरासिनी, योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, पूर्वअर्थमन्त्री रामशरण महत, पूर्वअर्थमन्त्री वर्षमान पुन, पूर्वअर्थमन्त्री एसपी कोइराला लगायतको उपस्थिति रहेको थियो । बजेट निर्माणका लागि पछिल्लो समय अर्थमन्त्रालयले कार्यतालिका नै प्रकाशन गरी सरोकारवालाहरूसँग छलफल गरिरहेको छ । पुरा पढौ

अगाडि बढ्यो निलम्बित गभर्नर अधिकारीमाथिको छानबिन

काठमाडौं, ६ वैशाख। निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी माथिको छानबिन अगाडि बढेको छ ।गत चैत २४ गते बिहीबार गभर्नरलाई निलम्बन गरेर सरकारले गठन गरेको छानबिन आयोगले आइतवारबाट मात्र काम थालेको समितिले जनाएको छ। सरकारले ११ दिनअघि गभर्नर अधिकारीलाई निलम्बन गरेको भन्दै त्यसको भोलिपल्ट 'निलम्बनको पत्र' दिएको थियो। अधिकारी निलम्बन खारेजीको माग राख्दै आइतबार सर्वोच्च पुगेपछि समितिले पनि काम थालेको जनाएको हो। अधिकारीले दायर गरेको मुद्दा सर्वोच्चमा दर्ता भइसकेको छ। त्यसको पेसी मंगलबार (आज) तोकिने सम्भावना छ। पुरा पढौ