beema

बीमा क्षेत्रमा ११ हजारभन्दा बढीले पाए रोजगारी

काठमाडौं, ३ जेठ । बीमा क्षेत्रमा ११ हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । बीमा समितिका अनुसार हालसम्म नेपाली बीमा बजारमा ११ हजार ९१८ जनाले रोजगारी पाएका हुन् । बीमा क्षेत्रमा प्रत्यक्ष एवं अप्रत्यक्ष रोजगारीका अवसरहरू उल्लेख्य रूपले बढ्दै गएको समितिको तथ्यांकले देखाएको छ । चालु आवको चैत मसान्तसम्ममा बीमा क्षेत्रमा ११ हजार ९१८ जनाले रोजागरी पाएका छन् । गत आवको चैत मसान्तसम्ममा यो संख्या १० हजार ५७३ मात्रै थियो । एक वर्षको अवधिमा सो संख्या १२.०४ प्रतिशतले बढेको हो… पुरा पढौ

हकप्रद शेयरलाई प्राथमिकतामा नराख्नु, मर्जरमा नै जोड दिनु : सूर्य सिलवाल

काठमाडौं, २३ वैशाख । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले तोकिएको समयमा नै बीमा कम्पनीहरूले पुँजी वृद्धि गर्नु पर्ने बताएका छन् । बीमा समितिको आयोजनामा जीवन बीमा कम्पनीहरूसँग बीमकको पुँजी वृद्धि तथा मर्जरसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मर्जर वा प्राप्तीमार्फत पुँजी वृद्धि गर्नेतर्फ कम्पनीहरूले ध्यान दिनुपर्ने बताएका हुन् । ‘बीमा कम्पनीहरू मर्जरमा जानैपर्छ भन्ने होइन, तर मर्जर विकल्प हुनसक्छ भन्ने हो । सक्नेले पूँजी बढाउनुपर्यो । नसक्नेले आफू जस्तै अरूसँग मर्जरमा जानुपर्यो,’ अध्यक्ष सिलवालले भने, ‘पुँजी वृद्धिका लागि सहजीकरण गर्न र मर्जरमा… पुरा पढौ

२४ बीमा कम्‍पनीले मात्र बुझाए पुँजी वृद्धिको योजना

काठमाडौं, १२ वैशाख । ३९ बीमा कम्पनीमध्ये २४ कम्पनीले चुक्ता पुँजी वृद्धिको योजना बुझाएका छन् । १२ जीवन बीमा कम्पनी र १२ निर्जीवन बीमा कम्पनीले नियामक निकायमा पुँजीवृद्धिको योजना पेश गरेको बीमा समितिले जनाएको छ । समितिको निर्देशनअनुसार १० वैशाखभित्र सबै बीमा कम्पनीहरूले पुँजीवृद्धिको योजना बुझाइ सक्नुपर्ने थियो । तर, आइतवारसम्ममा १२ वटा जीवन बीमा कम्पनी र १२ वटा निर्जीवन बीमा कम्पनीले मात्रै पुँजीवृद्धि योजना बुझाएको समितिले बताएको छ । समितिका अनुसार जीवन बीमा कम्पनीतर्फ सूर्या लाइफ इन्स्योरेन्स, एशियन लाइफ, नेशनल… पुरा पढौ