beema

बीमा प्राधिकरणमा रुपान्तरण हुँदै बीमा समिति, के छ संसदबाट पारित बीमा विधेयकमा ?

काठमाडौं, ३० साउन । बीमा समितिलाई बीमा प्राधिकरणको रुपमा रुपान्तरण गर्ने गरी आइतबार प्रतिनिधिसभाले बीमा विधेयक २०७९ पारित गरेको छ । प्रतिनिधिसभाबाट पारित उक्त विधेयकको दफा ३८ मा नेपाल बीमा प्राधिकरणलाई बीमा कम्पनीको चुक्ता पुँजी घटाउन आदेश दिन सक्ने अधिकार दिइएको छ । दुई वर्षअघि नै पारित हुनुपर्ने बीमा विधेयक आइतबार बसेको प्रतिनिधिसभाको बैठकले बहुमतले पारित गरेको हो । नयाँ व्यवस्थाअनुसार अब सरकारले बीमा विकास कोष स्थापना गर्ने छ । आर्थिक रुपले विपन्न वर्गका नागरिकसम्म बीमा पहुँच पुर्‍याएर उनीहरुको हित… पुरा पढौ

जीवन बीमा कम्पनीहरूले आर्जन गरे १ खर्ब ३९ अर्ब

काठमाडौं, २९ साउन । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा करिब १ खर्ब ३९ रुपैयाँको बीमा शुल्क आर्जन गरेका छन् । आर्थिक वर्ष २०७८/७९ मा १९ जीवन बीमा कम्पनीले एक खर्ब ३८ अर्ब ६४ करोड रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेको बीमा समितिले जनाएको छ । जुन कुल बीमा शुल्क आर्जनको २९.९० प्रतिशत हो । गत आवमा जीवन बीमा कम्पनीको कुल बीमा शुल्क अघिल्लो अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा १४.६३ प्रतिशतले बढेको समितिले जनाएको छ । आव २०७७/७८ मा… पुरा पढौ

पुनर्बीमा कम्पनीको ब्रोकर: बीमा समितिले दियो यी १० कम्पनीलाई लाइसेन्स

काठमाडौं, २६ साउन । बीमा समितिले नेपालमै पुनर्बीमा कम्पनीको (ब्रोकर) स्थापना गर्नका नीतिगत बाटो खुलाएको केही समयपछि ब्रोकर कम्पनी खुल्न थालेका छन् । समितिले गत बैशाखदेखि कम्पनीहरूलाई लाइसेन्स दिन थालेको हो । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले प्रक्रिया पुर्याएर लाइसेन्सको माग गर्दै आवेदन दिएका कम्पनीलाई लाइसेन्स दिएको जानकारी दिए । समितिका अनुसार पुनर्बीमा दलालको लाइसेन्स माग गर्दै समितिमा १ दर्जनभन्दा बढी कम्पनीले आवेदन दिएका थिए ।ती मध्ये समितिले १० वटा कम्पनीलाई लाइसेन्स दिएको हो । केही वर्ष पहिलेदेखि नेपालमा पनि… पुरा पढौ

बीमक कम्पनी गाभ्नुअघि कर्मचारीको रोजगारी सुनिश्चित गर्न माग

काठमाडौं, २२ साउन । बीमक कम्पनी गाभ्नुअघि त्यहाँ कार्यरत कर्मचारीको उचितरूपमा व्यवस्थापन गर्न नेपाल वित्तीय सङ्घ राष्ट्रिय समितिले माग गरेको छ। सङ्घका अध्यक्ष पद्मराज रेग्मी र महासचिव हरिराज खरेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा संस्थाका कर्मचारी विनियमअनुसार नियमितरूपमा हुनुपर्ने कामकारबाहीलाई मर्जरको बहानामा अवरुद्ध नगर्न माग गरिएको हो। रिक्त दरबन्दीको पदपूर्ति प्रक्रियालाई नियमितता दिन पनि सङ्घले बीमा समितिसँग माग गरेको छ। सङ्घले समितिका अध्यक्षलाई पनि आजै ध्यानाकर्षणपत्र बुझाएको जनाएको छ। श्रम ऐन तथा ट्रेड युनियन ऐनले निर्दिष्ट गरेका कर्मचारीको नियमितरूपमा हुनुपर्ने वृत्ति… पुरा पढौ

मर्जरमा जाने बीमा कम्पनीले कर्मचारीकाे सुविधा घटाउन नपाउने

काठमाडौं, २१ असार । बीमा समितिले मर्जरमा जाने बीमा कम्पनीमा कार्यरत कर्मचारीहरूको पद तथा सेवा सुविधा नघट्ने व्यवस्था गर्न बीमा समितिले निर्देशन दिएको छ । समितिले सबै बीमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै गाभ्ने/गाभिने संस्थाका कर्मचारीहरुलाई गाभिएर कायम हुने बीमा कम्पनीहरुमा कर्मचारीहरुको साविकमा रहेको पद अनुसारको तह वा श्रेणी भन्दा कम नहुने गरी पद मिलान गर्न निर्देशन दिएको हो । यसअघि एभरेष्ट इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीहरुले बक्तव्य नै निकालेर मर्जरमा जाने सम्बन्धमा छलफल नगरेको भन्दै विरोध जनाएको थियो । त्यस्तै गाभ्ने/गाभिए… पुरा पढौ

धमाधम मर्जरमा बीमा कम्पनी, सूर्या र ज्योति लाईफले गरे सम्झौता

काठमाडौं, १३ असार । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफबीच मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएको छ । सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कुमार खड्काले मर्जरमा जाने सम्झौतापत्रमा आइतबार हस्ताक्षर भएको बताए । होटल याक एण्ड यतीमा भएकाे कार्यक्रममा दुबैतर्फबाट सम्झौतापत्रमा हस्ताक्षर भएको हो । स्वाप रेसियो कम्पनीको डिडिए पछि तय हुने उनले बताए । ‘मर्जरमा जाने सम्झौतापत्रमा मात्रै हस्ताक्षर भएको हो,’ खड्काले भने । उनका अनुसार स्वाप रेसियो कम्पनीको डिडिए पछि तय हुनेछ। बीमा समितिको निर्देशन अनुसार… पुरा पढौ

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले पायो मर्जरको अन्तिम स्वीकृति, एक महिनाभित्रै सबै प्रक्रिया पूरा गर्नुपर्ने

काठमाडौं, १२ असार । बीमा समितिले हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सलाई मर्जरको अन्तिम स्वीकृति दिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले यी कम्पनीलाई मर्जरको अन्तिम स्वीकृति दिएको जानकारी दिए । उनका अनुसार अब यी दुवै कम्पनीले एक महिनाभित्रै अन्य सबै प्रक्रिया पूरा गर्नुपर्ने छ । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनीले वैशाख २२ गते मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स स्वाप रेसियो १०० बराबर ८५ मा गाभिन लागेका हुन् । मर्जर पश्चात… पुरा पढौ

बीमा निर्देशिका–२०७८ खारेज गर्न महासंघले दियो एक हप्ते अल्टिमेटम

काठमाडौं, ९ असार । नेपाल निर्माण व्यवसायी महासंघ लगायतका संस्थाहरूले बीमा निर्देशिका—२०७८ खारेज गर्न बीमा समितिलाई एक हप्ते अल्टिमेटम दिएका छन् । असार १५ गतेसम्म बीमा निर्देशिका—२०७८ खारेज गर्नुपर्ने माग अघि सारेका छन् । सरोकारवालाहरूको सहभागितामा नयाँ निर्देशिका जारी नभए विगतको भन्दा सशक्त अन्दोलन गर्ने चेतावनी दिएका छन् । महासंघ सहित स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघले बुधवार संयुक्त विज्ञप्ति जारी गर्दै बीमा निर्देशिका—२०७८ खारेजीको माग गरेका हुन् । बिमाको दररेटमा देखिएको समस्याका कारण देशभरका १७… पुरा पढौ

बीमा कम्पनीहरूको शेयर स्वामित्वमा नयाँ प्रावधान : मर्जरपछि ३० प्रतिशत शेयर सर्वसाधारणको हुनपर्ने

काठमाडौं, ७ असार । बीमा समितिले बीमा कम्पनीहरूकाे सेयर मर्जरपछि ३० प्रतिशत सर्वसाधारणको हुनपर्ने भएको छ । बीमा कम्पनीहरूलाई मर्जर, गाभ्ने, गाभिने वा प्राप्ती गर्नका लागि शेयर स्वामित्व सम्वन्धमा नयाँ प्रावधान घोषणा गरेको हो । बीमा समितिको कानुन तथा नियामक महाशाखाले सम्पूर्ण बीमा कम्पनीहरूलाई परिपत्र जारी गर्दै अब मर्जर भएका बीमा कम्पनीहरूको न्युनतम ३० प्रतिशत शेयर सर्वसाधारणको हुनुपर्ने व्यवस्था गरेको छ । गाभ्ने, गाभिने वा प्राप्तीका लागि सैद्दान्तिक सहमति लिएका वा सैदान्तिक सहमति लिन इच्छुक कम्पनीहरूले कुल जारी पुँजीको कम्तीमा… पुरा पढौ

बीमा कम्पनीले अभिकर्तालाई वितरण गर्ने कमिशन र इन्सेन्टिभ रकम अब सफ्टवेयर प्रणालीमा राख्नुपर्ने

काठमाडौं, ५ असार । अबदेखि बीमा कम्पनीहरूले अभिकर्ताहरूलाई वितरण गर्ने गरिएको कमिशन र इन्सेन्टिभ बोनस सफ्टवेयर प्रणालीमा राख्नुपर्ने भएको छ । बीमा समितिले सम्पूर्ण जीवन बीमा कम्पनीहरूलाई अभिकर्तालाई प्रदान गर्ने गरिएको कमिशन र इन्सेन्टिभ बोनस रकमलाई पारदर्शी बनाउन निर्देशन दिएको हो । समितिकाअनुसार अबदेखि १९ वटै जीवन बीमा कम्पनीहरूले अभिकर्तालाई प्रदान गर्ने गरेको कमिशन र इन्सेन्टिभ रकम आफ्नो सफ्टवेयर प्रणालीमा राख्नुपर्ने उल्लेख छ । साउन १ गतेदेखि कम्पनीहरूले सञ्चालनमा ल्याएको सफ्टवेयर प्रणालीमा नै प्रत्येक बीमा अभिकर्ताहरूको कमिशन तथा इन्सेन्टिभ बोनस… पुरा पढौ